fbpx

बर्जुतालमा विद्यार्थीको भ्रमण

कोशी अनलाइन
विराटनगर १९ साउन । बिराटनगरको बिभिएस प्लस टु बिद्यानलयका एक सय बिद्यार्थीले सुनसरीको बर्जुताल भ्रमण गरेका छन ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न तथा स्थानीय पर्यटकीय क्षेत्रको जानकारी लिन बिद्यार्थीहरुले शनिवार बर्जुताल भ्रमण गरेका हुन ।

बर्जुताल प्रदेश नंबर १ कै रमणीय पर्यटकीय स्थान रहेको र यस स्थानलाई उचित ब्यवस्थापन गर्न सके आगामी दिनमा यो ताल पूर्वकै पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुने होटल ब्यवस्थापन तथा पर्यटन विभाग प्रमुख तारा बस्नेतले बताइन ।

बिभिएस प्लसटुले होटल ब्यवस्थापन तथा पर्यटन विषयमात्र संचालन गर्ने भएकाले पूर्वमै यस विषयको नमूना गन्तव्य बन्न सफल भएको छ । हरेक महिना विषयगत भ्रमणमा लग्ने यस विद्यालयले आगामी महिना धनकुटाको नाम्जे र कोशी टप्पू भ्रमणमा लाने तैयारी गरेको छ ।

प्रतिक्रिया

Loading...