fbpx

यस्ता हुन्छन् साउन महिनामा जन्मिएका व्यक्तिहरूको स्वभाव

ज्योतिष शास्त्रका अनुसार मानिसको चालचलन, व्यवहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन महिना, कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउँदै आएका छन् ।

वर्षमा १२ महिना हुने गर्छ । त्यसका अनुसार हरेक मानिसहरुको आफ्नो फरक जन्म महिना रहेको हुन्छ । र, त्यही जन्म महिनाअनुसार व्यक्तिहरुको फरक–फरक विशेषता रहेको हुने गर्छ । हिन्दू क्यालेन्डरमा महिनाको नाम नक्षत्रहरुको आधारमा राखिएको छ । साउन महिना श्रवण नक्षत्रको आधारमा राखिएको छ ।

यो महिना जन्मेको मानिस यस्तो हुन्छ भनेर त कसैलाइ पनि थाहा हुँदैन तर, विभिन्न ज्योतिषहरुले बताएअनुसार उनीहरुका केही कुराहरु भने मिल्ने गरेको पाइन्छ । साउन महिनामा एकदम धार्मिक महिना हुने गरेकोले यस महिनामा जन्मेका व्यक्तिहरु धार्मिक कामहरुमा बढी रुचि राख्ने देखिन्छ ।

यिनीहरु पूजापाठ, वर्त तथा धर्म कर्मक धेरै लाग्ने गर्छन् । यस्ता व्यक्तिहरुको जीवनमा दुःख र सुख बराबर हुने गर्छ । दुखी भएपनि सधैँ आफ्नो अनुहारमा मीठो मुस्कानका साथ रहने भएकाले यस्ता व्यक्तिहरु आफ्नो दुःखलाई लुकाउन माहिर हुन्छन् । यिनीहरुले काम गरे अनुसार काममा समान रुपमा फाइदा र नोक्सान हुने गरेको देखिन्छ । विशेषगरी यो महिनामा जन्मिएका व्यक्तिहरु सहयोगी भावनाका हुन्छन् ।

कसैलाई दुःख परेको देख्न नसक्ने भएकाले जहिले पनि सहयोग गर्न यिनीहरु तयार हुने गर्छन् । यस्ता व्यक्तिहरुका लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि यिनीहरु जे पनि गर्न तयार भएका हुन्छन् । यस्ता व्यक्तिहरु आफ्नो रिसलाई नियन्त्रणमा राख्न सक्छन् तर, गलत कुराहरुलाई सहन नसक्ने भएका कारणले एक रिस उठेपछि यस्ता व्यक्तिहरुलाई निकै नराम्रोसँग उठ्न सक्छ ।

यस्ता व्यक्तिहरु आफूलाई जे मन लाग्छ त्यही गर्ने हुन्छन् । व्यक्तिहरु जिद्दि हुनुका साथै जहिले आफूले भनेको जस्तै हुनुपर्छ भन्ने विचार राख्ने गर्छन् र यिनीहरुको विचार पनि यिनीहरु जस्तै ‘पर्फेक्ट’ हुने गर्छन् । यस्तो स्वभाव भएका कारण धेरैले यिनीहरुलाई घमण्डीसमेत भन्ने गर्छन् । यस्ता व्यक्तिहरु निकै मेहेनत गरेर पैसा कमाएर पैसावाला भएपनि आफूलाई नचाहिने सामानमा छिट्टै पैसा खर्च गर्दैनन् । साउन महिनामा जन्मिएका व्यक्तिहरुले आफ्नो पार्टनरबाट भरपूर माया पाउने हुँदा जीवनभर सुखी र खुशी रहने हुन्छन् ।

प्रतिक्रिया

4 × 3 =

Loading...