fbpx

घट्दै छ चारकोसे जंगल, मिच्नेलाई नै पुर्जा दिने कानुन बन्दै

विराटनगर ।

गएका तीस वर्षमा मोरङ र सुनसरीमा ११ हजार हेक्टर जंगल घटेको छ । चारकोसे झाँडीका नामले समेत चिनिएको जंगल अहिलेपनि कागजमा ५५ हजार ५ सय हेक्टर भएपनि दुई वर्ष अघि भएको नापिसर्भेमा ४४ हजार ५ सय ४० हेक्टरमा सिमित भएको देखिएको छ ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले तीन दशकमा करिब ११ हजार हेक्टर वन घटेको बताए । पहिले घना जंगल भएको मोरङको लेटाङ, बेलबारी,केराबारी, कानेपोखरी, भाउन्ने र लक्ष्मीमार्गमा अहिले घना बस्ति देख्न सकिन्छ । लेटाङ नगरपालिकाको बजार त जंगलको बीचमा नै बसेको हो । पथरीमा १ हजार ५ सय परिवार जंगलको जमिनमा बसोबास गर्दै आएको नगरप्रमुख दिलिप राईले बताए ।

यता मोरङकै सुन्दरहरैचाका विभिन्न वडामा जंगल अतिक्रमण भएको छ । नगरप्रमुख शिवप्रसाद ढकालले सय विगाह भन्दा बढी जंगल अतिक्रमण भएको जानकारी दिए ।  जंगलको जमिन अतिक्रमण गरेर बस्ती बसेपनि लालपुर्जा भने अहिलेसम्म पाएका छैनन् ।

तर लालपुर्जा नभएपनि अक्रिमण भएको अधिकाँस स्थान राजमार्ग वरपर रहेको र त्यहाँ बजार बनेको छ । ती क्षेत्रमा ४ देखि ७ तलेसम्म भवनहरु लालपुर्जा विनानै बनेका छन् । कान्तिपुर दैनिकमा यसरी जंगल मिच्नेलाई नै पुर्जा दिने कानुन बन्न लागेको खबर छ । अतिक्रमित ठाउमा नै बसोबास गर्ने कानुन बनाइदै गरेको समाचार प्रमुखताका साथ छापेको हो ।

प्रतिक्रिया

Loading...