उपनिर्वाचनको टुंगो लागेपछि बढ्यो चासो र चर्चा

विराटनगर ।

सरकारले मंसिर १४ लाई उपनिर्वाचनको मिति तोकेपछि प्रदेश एकका खाली रहेका स्थानमा अहिलेदेखि नै उम्मेद्वारको विषयमा चर्चा र चासो बढ्न थालेको छ ।

प्रदेश १ मा धरान उपमहानगरपालिका, संखुवासभाको मकालु गाँउपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष पद रिक्त रहेको छ । २ वर्ष अघि सुनसरीको धरान उपमहानगरका मेयर तारा सुब्बाको मृत्यु भएको थियो । त्यसपछि उपमेयर मञ्जु भण्डारीले कार्यबाहक मेयर भएर काम गरिरहेकी छिन् ।

उता मकालु गाँउपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको पनि मृत्यु भएको झण्डै दुई वर्ष नै पुगेको छ । फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको पनि निधन भएको १ वर्ष ७ महिना पुगेको छ ।

धरानमा मेयरसंगै वडा नम्बर ७ पनि अध्यक्ष विहिन छ । फिदिम नगरपालिकाको वडा नम्बर १ हर्क मोक्तानको निधन भएपछि त्यो वडा पनि खाली छ । लामो समय प्रमुख पद खाली हुदाँ सधै यस्तै हो भन्ने परिसकेको बेला उपनिर्वाचनको घोषणा भएपनि केही उत्साह बढेको स्थानीयहरुको प्रतिकृया छ ।

नागरिक पुर्वेलीमा छापिएको खबरमा निर्वाचनको मिति तोकिएपछि चुनावी दाउपेच सुरु भएको उल्लेख छ ।

प्रतिक्रिया

Loading...