एकै परिवारका ७ जनालाई डेंगु

विराटनगर ।
सुनसरीको विभिन्न स्थानमा प्रकोपको रुपमा रहेको डेंगु लागेर सदरमुकाम इनरुवामा एकै परिवारका ७ जना विरामी भएका छन् ।
नियन्त्रणमा लिन नसक्दा इनरुवामा ११ जना डेंगु संक्रमित भएका छन् । इनरुवा ४ का एकै परिवारमा ७ जनामा डेंगुको संक्रमण भएको पाइएको हो ।

इनरुवा अस्पतालको आकस्मिक कक्षमा कार्यरत वरिष्ठ अहेब गुणानन्द झाका अनुासर २० जना भन्दा बढीमा डेंगुको संक्रमण भएको फेला परेको छ । नगरभरी डेंगुका संक्रमण फैलिएपछि नगरपालिकाले आपत्कालिन बैठक गरि डिल्ली निरौलाको संयोजकत्वमा डेंगु नियन्त्रण तथा प्रचार प्रसार समिति गठन गरेको छ ।

यो खवर आजको उद्घोष दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

Loading...