fbpx

डार्क चकलेटले घटाउँछ डिप्रेसनको जोखिम !

विराटनगर । डार्क चकलेट खाँदा मुड फ्रेस गराउन र शरीरलाई सकरात्मक उर्जा दिन्छ । जसले डिप्रेशनको सम्भावना कम गर्ने विज्ञहरुले बताएकाछन् । डिप्रेसन एण्ड एन्जाइटी मा प्रकाशित भएको नयाँ अध्ययनमा चकलेटले डिप्रेसनमा केही असर गर्छ गर्दैन् भन्ने कुरा पत्ता लगाउन खोजेको छ ।

चकलेट र डिप्रेसनको सम्बन्धका विषयमा विश्वमै पहिलो पटक गरिएको अध्ययनमा डार्क चकलेटको सेवनले डिप्रेसनको जोखिम कम हुने देखाएको हो । जसको अनुसन्धान युसीएलका अन्वेषकहरूले क्याल्गरी विश्वविद्यालय र अल्बर्टा स्वास्थ्य सेवा क्यानाडाका वैज्ञानिकहरूसँग मिलेर गरेका हुन् । उनीहरुले अमेरिकी राष्ट्रिय स्वास्थ्य तथा पोषण परीक्षण सर्वेक्षणमा १३६२६ जना वयस्कहरुसंग विभिन्न प्रश्न सोधेर अनुसन्धान गरेका थिए । सहभागीहरूको चकलेट खपत र डिप्रेसनको स्तर मापन गरिएको थियो ।

अध्ययनमा सहभागिहरुको उचाई, तौल, वैवाहिक स्थिति, जातीयता, शिक्षा, आम्दानी, शारीरिक गतिविधि, धूम्रपान र पुरानो स्वास्थ्य समस्यालगायत अन्य तत्वको समेत अध्ययन गर्दै यसको अनुसन्धान गरिएको हो । अध्ययनले चकलेटको खपतले पार्ने असर पत्ता लगाउन अन्य विषयका प्रभाव नभएको सुनिश्चित गर्न ती सबै बस्तुको अध्ययन गरिएको हो ।

अध्ययनबाट ४८ घण्टामा कुनै पनि डार्क चकलेट खाएका व्यक्तिको स्वास्थ्य रिर्पाेट चकलेट नखाएका व्यक्तिहरुको रिर्पाेट भन्दा ७० प्रतिशत राम्रो थियो । यस्तै जुनसुकै चकलेट खाएकाहरुको चकलेट नखाएका भन्दा भने २५ प्रतिशत कम नैराश्यता (डिप्रेसन)को अबस्था पाइएको अध्ययनमा उल्लेख छ ।

डार्क चकलेट बाहेक जुनसुकै चकलेट खाएकाहरुको विषयमा भने डिप्रेसनका विषयमा त्यस्तो महत्वपुर्ण वैज्ञानिक तथ्य फेला नपरेको अन्वेषकहरूले जनाएका छन् ।

प्रतिक्रिया

Loading...