fbpx

विदेशबाट फर्केपछि गाँउमै रमाउदै यूवा, कुखुरापालनबाट मासिक डेढ लाख आम्दानी

भोजपुर ।

भोजपुरमा पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने क्रम बढ्न थालेको छ । विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट राम्रो आम्दानी पनि गरिरहेका छन् ।

भोजपुरको तिवारी भञ्याङका युवा व्यवसायी दिपक सुवेदी विदेशबाट फकिएपछि गाँउमै कुखुरा पालन गरिरहेका छन् । शुरुमा बोइलर जातको कुखुरापालन गरेका तिवारीले अहिले लेयर्स जातका कुखुरापालन गरिरहेका छन् । उनको सुवेदी पोल्टीे फर्ममा अहिले दुई हजार ७०० कुखुरा छन् भने ती कुखुराले दैनिक एक हजार १०० अण्डा उत्पादन हुदै आएको छ ।

भोजपुरलाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको बताउने सुवेदीले मासिक रुपमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी भईरहेको बताए । सुवेदी विदेशमा पसिना बगाएपपछि स्वदेशमा नै काम इच्छा लागेपछि यहाँ नै श्रम गर्दा अहिले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको बताए ।

सुवेदीले अहिले पाँच जनालाई रोजगारीसमेत दिएका छन् । पहिला आफु रोजगारीको लागि विदेश गएपनि अहिले आफैँले पाँच जनालाई रोजगारीसमेत दिन सक्ने भएको उनले बताए ।
सुवेदीले उत्पादन गरेका अण्डा अहिले भोजपुरसँगै बाहिरी जिल्लामा समेत जाने गरेको छ । अहिलेसम्म करीब ५० लाख लगानी भइसकेको उनको भनाइ छ । शुरुमा खास सहयोग नपाएको भए पनि अहिले सुवेदीलाई गाउँपालिकाले ५०० चल्ला र २० बोरा चारो उपलब्ध गराएको छ ।
गाउँपालिकाले युवालाई लक्षित गरेर विभिन्न खाले सहयोग गरिएको जनाएको छ । गाउँपालिका अध्यक्ष किरण राईले भने पछिल्लो समय हाम्रो गाउँपालिकामा युवामा कृषिप्रतिको मोह बढेको छ ।” गाउँपालिकाले उनीहरुलाई प्राविधिक सहयोगसँगै अनुदानको पनि व्यवस्था गरिरहेको छ ।’’

स्थानीय सरकार सञ्चालनमा आएपछि जिल्लाका धेरै युवाहरुमा कृषिप्रतिको मोह बढ्दै गएको गाउँपालिको जनाएको छ । युवाहरुमा आएको व्यवसायप्रतिको धारणालाई कदर गर्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा योजना निर्माण गरेर विदेश जाने युवाको सङ्ख्यामा कमी ल्याउने गाउँपालिकाको योजना रहेको छ ।

प्रतिक्रिया

Loading...