fbpx

प्रियंकाको जन्मदिनमा आधा करोडको केक

विराटनगर ।
गत १८ जुलाईमा चर्चित अभिनेत्री प्रियंका चोपडाले आफ्नो जन्मदिन अमेरिका स्थित मियामीमा मनाएकी थिइन् । ३७ वर्ष पुगेकी प्रियंकाले आफ्नो बर्थडे परिवार तथा नजिकका साथीभाइसँग मनाएकी थिइन् । प्रियंकाको विभिन्न कुराको विवादका साथ बर्थडे सेलिब्रेशनको चर्चा निकै लामो समयसम्म चलिरहेको छ ।

जन्मदिनमा उनले लगाएको रेड शिमरी रंगको पहिरन र उनले लगाएको सिन्दुरले विशेष चर्चा पाएको थियो । यसका साथ साथै, प्रिंयकाले जन्मदिनमा काटेको केकले धेरैको ध्यान तानेको छ । प्रियंकाले आफ्नो जन्मदिनमा काटेको केकको मूल्य नेपाली साढे ५४ लाख रहेको छ ।

प्रियंकाले जन्मदिनमा लगाउने पहिरन जस्तै रेड शिमरी कलरको केक अर्डर गरिएको थियो । उनले काटेको केकको अर्डर उनका पति निक जोनसले गरेका थिए । ‘गोल्डेन कलर’को सजावट प्रियंकाको मनपर्ने रंग भएको कारण रंग निकले यस्तो केक अर्डर गरेको दैनिक भास्करमा उल्लेख गरिएको छ ।

केक बनाउको लागि २४ घण्टा लागेको जानकारी दिदै डिभाइन डेलिसियस बेकरीले बनाएको केकको फोटो इन्स्टाग्राममा समेत सार्वजनिक गरिएको थियो । बेकरीले जेनिफर लोपेज, टम क्रुज जस्ता ठुला कलाकारहरूको लागि पनि केक डिजाइन गरेको छ ।

प्रतिक्रिया

Loading...