fbpx

होली वाइन खुवाउने मातालाई ६ बर्ष काराबास

काठमाडौ । आफुलाई इश्वरको छोरी दाबी गर्दै नेपालका नेताहरुलाई समेत होली वाइन अर्थात पवित्र रक्सी खुवाउने कोरीयाली नागरिक क्रिश्चियन धर्मप्रचारक संस्थाकी प्रमुख सिन ओक जुलाई कोरियाली अदालतले ६ वर्षको कैद सुनाएको छ ।

गत वर्ष नेपालमा कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाललगायतलाई होली वाइन पिलाउने जुलाई कोरियाली अदालतले अनुयायीहरुलाई बन्धक बनाएको तथा यातना दिएको आरोपमा ६ वर्षको काराबासको सजाय दिएको हो ।

उनले फिजीमा लगेर ४ सय अनुयायीलाई प्रेत भगाउने भन्दै यातना दिएको पुष्टि भएको अदालतको ठहर छ । होली वाइन कार्यक्रम नेपालमा विवादास्पद बनेको थियो । दक्षिण कोरियाको एक जिल्ला अदालतले पाँच अन्य चर्चका अधिकारीहरूलाई पनि सजाय सुनाएको छ । यो विषयमा चर्चबाट कुनै टिप्पणी आएको छैन।

तर पिडितहरुले यो भन्दा बढी सजाय हुनु पर्नै धारणा राखेका छन् । सजाय कुनै पनि हिसाबले ठीक थिएन। उनी लामो समय जेलमा बस्नुपर्ने पिडितहरुको भनाई छ ।

प्रतिक्रिया

Loading...