fbpx

सहकारीले अब १६ प्रतिशतमात्रै ब्याज लिन पाउने

काठमाडौं ।

सरकारले सहकारी संस्थाहरुले लिने ब्याजदरको सिमा तोक्दै १६ प्रतिशतमात्रै लिन पाउने नियम बनाएको छ ।

सहकारी संस्थाहरुले जथाभावी ब्याज असुली रहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यबस्था गरेको हो ।

ब्याजदर निर्धारण समितिको सिफारिसको आधारमा सहकारी संस्थाहरुको कर्जाको ब्याजदर १६ प्रतिशत भन्दा बढी लिन नपाउने निर्णय गरिएको विभागका रजिष्ट्रार डाक्टर टोकराज पाण्डेले बताए ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले साउन १९ गते आइतबारबाट लागू हुने सहकारीको ब्याजदर सम्बन्धि निर्णय भएको जाकारी दिएका हुन् । निर्णयमा बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशतसम्म मात्रै राख्न समेत व्यवस्था रहेको छ । सरकारले सहकारी संस्थाहरुको व्याजदर निर्धारणका लागि रजिष्ट्रार पाण्डेको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो ।

सहकारी विभागले सहकारी क्षेत्रको सुशासनका लागि आवश्यक कार्यविधि र निर्देशिका बनाउने कार्यलाई पनि अघि बढाइसकेको छ ।

प्रतिक्रिया

four × 5 =

Loading...