fbpx

अल कायदाको आक्रमणमा १९ सैनिकको ज्यान गयो

काठमाडौं ।

दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहको आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ ।

सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण भएको एक दिन पछाडी पुनः अल कायदाको आक्रमण गरेको हो ।

यस आक्रमण्मा परी कम्तीमा ४७ यमनी प्रहरीको मृत्यु भएको थियो । मारिने प्रहरीहरु प्राय नयाँ रहेका छन् । आक्रमणमा परी दर्जनौं प्रहरी जवान घाइते भएका चिकित्सकहरुले बताएका छन् ।

आब्यान प्रान्तमा रहेको अल माहफिद शिवीरमा अएका बन्दुकधारीहरुले आक्रमण गरेका सुरक्षा अधिकारीहरुले एएफपी समाचार समितिलाई जनाएका छन् । आक्रमणमा परी १९ सैनिक मारिएका अन्य केही घाइते भएको दुई सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

प्रतिक्रिया

Loading...