fbpx

निश्चल र स्वस्तिमालाई ‘आर्दश जोडी सम्मान’

काठमाडौं,
जावलाखेलको खुल्ला चौरमा आयोजित हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा ‘तीज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रममा एक आदर्श जोडीको रुपमा रहेको परिचित जोडीलाई सम्मान गरिएको छ ।

राष्ट्रिय अवार्डमा फिल्म ‘बुलबुल’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी स्वस्तिमा र उनका पति तथा सफल निर्देशक एवं अभिनेता निश्चल बस्नेतलाई सम्मान गरिएको हो । श्रीमान् र श्रीमती एउटै क्षेत्रमा समर्पित भइ सफलसमेत बनेको जोडीलाई हरेक वर्ष सम्मानित गर्दै तीज कार्यक्रमको आयोजना गर्दै आएको छ ।

ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको संयुक्त आयोजनामा हुन लागेको ‘तीज माइती मेला तथा सम्मान’ कार्यक्रम तीन दिनसम्म चल्ने आयोजक यस संस्थाकी अध्यक्ष मीना कुमारी रिमालले जानकारी दिइन् । बिगत ६ वर्षदेखि ‘तीज माइती मेला तथा सम्मान’ कार्यक्रम आयोजना गर्दै आएका ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले हरेक वर्षको तीजमा विभिन्न सांस्कृति कार्यक्रमहरुको आयोजनासंगै हरेक वर्ष एक आर्दश जोडीलाई पनि सम्मान गर्दै आएको छ ।

‘तीज माइती मेला’ को उद्घाटन कार्यक्रममा प्रमूख अतिथीका रुपमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, अतिथीका रुपमा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी विशिष्ट रहेका थिए । कार्यक्रमा बोल्दै मेयर महर्जनले यस प्रकारका कार्यक्रमहरुले नेपालको साँस्कृतिक महत्वलाई जोगाइ राख्नेमा आफ्नो धारणा व्यक्त गरेका छन् । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर, महत्वपूर्ण व्यक्तिका साथै कलाकारहरुलगायतको उपस्थितीका साथै प्रस्तुतीसमेत रहेको थियो

प्रतिक्रिया

Loading...