fbpx

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

वासिङ्टन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । पुटिन र ट्रपबीच द्विपक्षीय व्यापार र रुसको साइबेरियाको डढेलोको विषयमा कुराकानी भएको ह्वाइट हाउसले बुधबार जानकारी दिएको छ ।

राष्ट्रपति ट्रम्पले साइबेरियामा लागेको भीषण डढेलोप्रति चिन्ता व्यक्त गरेका छन् । कुराकानीका क्रममा दुबै मुलुकबीचको व्यापारका विषयमा पनि छलफल भएको ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दुई नेताबीच टेलिफोन वार्ता भएको बारेमा क्रेमलिनले बुधबार अबेर राती जानकारी दिएको थियो । रुसको साइबेरिया र सुदूर पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण सङ्कटकाल घोषणा गरिएको छ ।

प्रतिक्रिया

Loading...