fbpx

चीन भ्रमण सफल भएको प्रदेश सरकारका मन्त्रीको दाबी

विराटनगर ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो प्रदेश सरकारको तर्फबाट पहिलो चीनको औद्योगिक क्षेत्रको औपचारिक भ्रमण गरेर फर्किएका छन् ।
प्रदेश सरकारको तर्फबा उनको नेतृत्वमा भ्रमणमा गएको टोलीले चीनको सिचुवान र सान्दुङ प्रान्तको औद्योगिक क्षेत्रको स्थलगत अध्ययन र अवलोकन गरेको थियो ।

चीनको सान्दोङ सुईफा हुवाईजियको निमन्त्रणामा मन्त्री सहित टोलीले चीनका विभिन्न स्थानको भ्रमण गरेको हो । भ्रमण निकै फलदायी र सफल भएको मन्त्री आङ्बोले बताए । ‘चीनको सबैभन्दा सुखी जनता बसोबास गर्ने सिचुवान र तिब्र आर्थिक विकास गरिरहेको सान्दोङको भ्रमणबाट हाम्रो प्राथमिकता अनुसार कसरी उनीहरुको सहयोग ल्याउन सकिन्छ भन्ने विषयमा राम्रो छलफल भएको छ’ मन्त्री आङ्बोले भने ।

छिट्टै चीनको टोली प्रदेश १ को प्रारम्भिक अध्ययनमा आउने र त्यसपछि कुन क्षेत्रमा कस्तो लगानी गर्न सकिन्छ भन्ने टुंगो लाग्ने उनको भनाई छ । लगानी गर्ने क्षेत्र खुम्चिदै गएपछि पछिल्ला वर्षहरुमा चीनको आर्थिक वृद्धिदर निरन्तर खस्किदै गइरहेकोले उनीहरुकालागि लगानी गर्ने क्षेत्रको आवश्यकता बढ्दै गएकोले चिनीयाँरुले बाह्य लगानीमा चासो देखाउदै गइरहेका छन् ।

चीन भित्र शुद्ध पानी उपलव्ध गराउँदै आएको व्यवसायिक समूहले प्रदेशका सुख्खाग्रस्त क्षेत्रहरुमा शुद्ध पिउने पानीको आपुर्तीको क्षेत्रमा पनि साझेदारी गर्न ईच्छा देखाएको छ । उनिहरु इलेक्ट्रोनिक्स वस्तुहरुको उत्पादनमा समेत चासो राखेका छन् । मन्त्री आङ्बोका अनुसार चिनीयाँहरुको रोजाईमा कृषि क्षेत्रसमेत रहेको छ ।
भ्रमण टोलीमा रहेका उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले चीनको प्रतिष्ठित कम्पनीसँगको साझेदारीको विषयमा छलफल हुनुले भ्रमण सफल भएको बतनाए । भ्रमण टोलीमा प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियत, सांसदहरु सर्वध्वज साँवा, तेजमान कन्दङ्वा र विन्दिया कार्की आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरतमणि रिजाल, मुख्यमन्त्री कार्यालयका उपसचिव टीकादत्त राई र मुख्यमन्त्रीका स्वकीय सचिव मकर खड्का सहभागी थिए ।

प्रतिक्रिया

Loading...