fbpx

७२ वर्षपछि खोलियो पाकिस्तानमा एक मन्दिर, अझै ११ सय मन्दिर बन्द

काठमाडौं ।

पाकिस्तानमा ७२ वर्षपछि हिन्दु मन्दिरको ताला खोलिएको छ । सियालकोटमा रहेको शवाला तेजा सिंह मन्दिर भारत पाकिस्तान विभाजन छि पहिलो पटक खोलिएको हो ।

सोमवार पूजाका लागि मन्दिर ७२ वर्षपछि खोलिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । तर पाकिस्तानी पत्रकारहरूका भनाइमा त्यो मन्दिर यसै वर्षको मे महिनामै खोलिएको थियो।

दिवङ्गत लेखक तथा इतिहासकार राशिद नियाजले लेखेको किताब हिस्ट्री अफ सियालकोट का अनुसार त्यो मन्दिर एक हजार वर्ष पुरानो हो।

सन् १९९२ मा भारतको अयोध्यास्थित बाबरी मस्जिद ढालिएपछि उक्त मन्दिरमा आक्रमण भएको थियो। त्यसबाट मन्दिरमा आंशिक क्षति पुगेको थियो।

पाकिस्तानमा हिन्दूहरू सबैभन्दा ठूलो अल्पसङ्ख्यक समुदाय हो। आधिकारिक तथ्याङ्ककअनुसार त्यहाँ झन्डै ७५ लाख हिन्दू छन्।

भारत पाकिस्तानको विभाजनका क्रममा र बाबरी मस्जिद ढालिएपछि पाकिस्तानका मन्दिर र हिन्दूका धार्मिक स्थलहरूमा ठूलो क्षति पुर्‍याइएको बताइन्छ।

त्यसैले शवाला तेजा सिंह मन्दिर ७२ वर्षपछि खोलिनुलाई निकै महत्त्वपूर्ण मानिएको छ।

भारतीय सञ्चारमाध्यममा आएको समाचारभन्दा वास्तविकता फरक छ। उक्त मन्दिर मे महिनामा खुला गरिएको हो। त्यहाँ पूजा पनि भइरहेको छ। सियालकोटमा झन्डै १५० हिन्दू परिवार बस्छन्। उनीहरूको आग्रहमा मन्दिर खुला गरिएको हो।

यहाँका हिन्दू परिवारले मन्दिर खोल्न निवेदन दिएपछि तुरुन्तै खोलेर पूजापाठको व्यवस्था गरियो। मन्दिर खुलाउन जिल्ला प्रशासनका अधिकारीहरू आफैँ पुगेका थिए।

मन्दिर खोलेर सरसफाइ गराइयो। अब मन्दिर पुनर्निर्माणको निम्ति कोष पनि घोषणा गरिएको बताइएको छ।

यो मन्दिर भारत(पाकिस्तान विभाजनका बेलादेखि बन्द थियो। पाकिस्तानी पत्रकारको रूपमा भनौँ भने हामी यहाँ हिन्दू समुदायको चाडपर्व र कार्यक्रमहरूको रिपोर्टिङ गर्छौं। मैले हिन्दूहरूलाई यथासम्भव सुरक्षा दिने प्रयास भएको पनि देखेको छु।
मन्दिर खुलेपछि हिन्दू समुदाय निकै प्रसन्न छ। मुस्लिमबाहुल्य क्षेत्रमा भए पनि आफ्नो एउटा निवेदनपछि मन्दिर खोलिएको हुनाले उनीहरू खुसी देखिन्छन्।
पाकिस्तानमा कैयौँ मन्दिर र गुरुद्वारा अहिले पनि बन्द छन्। भारत(पाकिस्तान विभाजनपछि हिन्दू समुदायमा मानिस पाकिस्तान छाडेर भारत गएपछि मन्दिर र गुरुद्वाराको रेखदेख गर्ने कोही भएन। त्यसपछि कैयौँ मन्दिरमा व्यावसायिक र व्यापारिक भवनहरू बने।

प्रधानमन्त्री इमरान खानको दलका एकजना सांसद डाक्टर रमेशकुमार वाँकवानीले मन्दिर खुला गर्न दिएको सुझाव अहिलेसम्म कार्यान्वयन गरिएको छैन् ।
अहिलेसम्म ती मन्दिरमध्ये ३० वटा मात्र खोलिएका छन्। बाँकी ११ सय मन्दिर अझै पनि बन्द छन्। त्यस्तै १७ वटा गुरुद्वारा खुला गरिए पनि पाँच सयवटा अझै बन्द छन्।
पण्डित जवाहरलाल नेहरू र लियाकत अली खानबीचको सम्झौताअनुसार बोर्डको अध्यक्ष हिन्दू हुनुपर्ने भएपनि अहिलेसम्म नभएको वाँकवानीले बताए ।

प्रतिक्रिया

Loading...