fbpx

‘बालगोपाल अयोग्य’ शीर्षकको समाचारमा एन्फाको ध्यानाकर्षण (विज्ञप्तिसहित)

काठमाडौं,

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षक बालगाेला महर्जनकाे विषयमा अनावश्यक टिप्पणी भएकाे भन्दै  दुःख व्यक्त गरेकाे छ । बिहीबार विज्ञप्ति जारी  गर्दै एन्फाले ‘बालगोपाल अयोग्य’ भन्दै समाचार प्रकाशित भएपछि दुःख व्यक्त गरेकाे हाे ।

सञ्चार माध्ययमहरूले ‘बालगोपाल अयोग्य’ शीर्षकमा समाचार प्रकाशित गरेपछि एन्फाले अाफ्नाे ध्यानाकर्षण भएकाे बताएकाे छ ।  राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेपछि पनि यू–२३ टिमको जिम्मेवारी लिएका बालगोपाल महर्जन उच्च तहको युवा कार्यक्रम (हेड अफ इलाइट युथ प्रोग्राम) प्रमुखका लागि अयोग्य भएको जनाउँदै  समाचारहरू प्रकाशित भएकाे थियाे ।

सो समाचारप्रति गम्भीर ध्यानाकर्षण रहेको भन्दै एन्फाले विज्ञप्ति जारी गरेको हो । एन्फाले विज्ञप्तिमा लेखेको छ, ‘ ‘बालगोपाल अयोग्य’ शीर्षकको समाचारमा गम्भीर ध्यानाकर्षण भइ समाचारप्रति एन्फा दुःखी छ । बिगत ३० वर्षदेखि नेपाली फुटबलमा सक्रिय रही राष्ट्रिय खेलाडी भइ लामो समय खेलकुद क्षेत्रमा योगदान पुर्याएका बालगोपाल महर्जनको चरित्र हत्या हुने किसिमले  छापिएको समचारप्रति एन्फा स्तब्ध भएको छ । र, सो समाचारप्रति एन्फा खेद व्यक्त गर्दछ ।’

कान्तिपुर दैनिकले बालगोपाल महर्जन उच्च तहको युवा कार्यक्रम (हेड अफ इलाइट युथ प्रोग्राम) प्रमुखका लागि व्यक्तिगत विवरण बुझाएर अन्तर्वार्ता दिन भन्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेको तर, एन्फाले उनलाई राष्ट्रिय खेलकुद परिषदको कर्मचारी भएकाले उक्त पदका लागि अयोग्य रहेको भन्दै फर्काइदिएको समाचार सम्प्रेषण गरेको थियो ।

प्रतिक्रिया

Loading...