fbpx

इम्प्टीनेसको नेपाली रिमेक ‘म हारे’ सार्वजनिक (भिडियोसहित)

विराटनगर,
इन्डियन गायक गजेन्द्र शर्माको इम्प्टीनेस बोलको मन छुने गीतलाई नेपालीमा रिमेक गरिएको छ । ‘म हारे’ बोल रहेको गीतको रिमेकलाई कृष्ण खवास, गोविन शाह र सन्दीप सरदारले गाएका हुन् । गीतलाई कृष्ण खवासकै अफिसियल युटुब पेजमार्फत सार्वजनिक गरिएको हो ।

हिन्दी भर्जनमा विक्रम सिंहको संगीत रहेको छ भने अशिम अहमद अब्बास र मोनोमि रोयको शब्द रहेको छ । रिमेक गरिएको गीतमा गायक गोविन शाह र सन्दीप सरदारले शब्द थपेका छन् भने सन्दीपले नै गीतमा संगीत भरेका छन् ।

कृष्णकै निर्देशनमा तयार भएको यस गीतको भिडियोमा सागर श्रेष्ठ र कविता भारतीलाई प्रस्तुत गरिएको छ । अनिश चौधरीको छायांकनमा तयार भएको यस गीतको भिडियोलाई सन्दीपले नै सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

three × 2 =

Loading...