fbpx

भेट्न गएकी प्रेमीकालाई प्रेमीले गरे छुरा प्रहार

वीरगञ्ज ।

वीरगञ्जमा एक युवाले भेट्न भोलाएर प्रेमीकालाई हत्या गर्ने उदेश्यले हतियार प्रहार गरेका छन् । वीरगन्ज महानगरपालिका १० अशोक वाटिकाका २४ वर्षीय रोशन गुप्ताले प्रेमीका २२ वर्षीया मनु चौधरीको हत्या गर्ने उदेश्यले घाँटी रेटेर घाइते बनाएका हुन् ।

छुरा प्रहारबाट गम्भीर घाइते चौधरीको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुरुमा उनलाई नारायणी अस्पताल पुर्याइएको थियो। घाँटीमा गहिरो घाउँ देखेपछि चिकित्सकले चौधरीलाई मेडिकल कलेजतर्फ रिफर गरेका हुन् ।

घाइते चौधरी र रोशन दुवै विवाहित हुन् । चौधरीका एक छोरा छन् । श्रीमान् अजय सिंह रोजगारीको सिलसिलामा काठमाडौं छन्। चौधरी छोरासँगै वीरगन्ज १० घडीअर्वामा डेरामा बस्दै आएकी थिइन् ।

मंगलबार मध्यान्ह रोशनले चौधरीलाई वीरगन्ज १५ को भिस्वाडाँडामा घुम्न बोलाएर भेट भएपछि विवाद भएपछि रोशनले धारिलो छुराले मनुको घाँटीमा प्रहार गरेका हुन्।

रोशनसंग प्रेमसम्बन्ध रहेको र पहिलेपनि काठमाडौंमा सगै बसेको चौधरीले प्रहरीलाई बताएकी छिन् । प्रेमीले नै घुम्न गएको बेलामा अचानक घाँटीमा छुरा हानेको उनले बयान दिएकी हुन् । छुरा हान्नुको कारण भने चौधरीले खोलेकी छैनन् ।

रोशनलाई प्रहरीले झाडीमा लुकिरहेको अबस्थामा पक्राउ गरेको छ । पक्राउ परेका रोशनले भने चौधरी आफ्नी कान्छी श्रीमती भएको बयान प्रहरीलाई दिएका छन् । प्रहरीले रोशनलाई हिराससतमा राखेर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

Loading...