fbpx

डिस्कभरी च्यानलको ‘म्यान भर्सेस् वाइल्ड’ मा भारतका प्रधानमन्त्री मोदी (भिडियोसहित)

एजेन्सी,
डिस्कभरी च्यानलमा आउने चर्चित शो ‘म्यान भर्सेस वाइल्ड’ मा प्रस्ताेता बेयर ग्रिल्सका साथ  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएका छन् । विश्व बाघ दिवसका अवसरमा ग्रिल्सले आफ्नो आधिकारिक ट्विटर एकाउण्टमार्फत कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष भूमिकामा देखिने जानकारी दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी सहभागि कार्यक्रम अगस्ट १२ मा प्रसारण हुनेछ । कार्यक्रमको टिजर पनि सार्वजनिक गरिएको छ । कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग आफुले वन्यजन्तु संरक्षणका उपायहरुका बारेमा छायाकंन गरिएको हो ग्रिसले बताएका छन् । उनले  कार्यक्रममा भारतीय प्राकृतिक विविधता र प्रकृति संरक्षणका बारेमा चर्चा गरेको बताएका छन् ।

ग्रिल्सले सार्वजनिक गरेको उक्त टिजरमा भारतीय प्रधानमन्त्री मोदीलाई विशेष भूमिकामा देख्न सकिन्छ । स्पोर्ट्स ड्रेसमा रहेका मोदी ग्रिल्ससँग जंगल, पहाड उक्लँदै, डुङ्गामा नदी तर्दै वन्यजन्तुका बारेमा कुरा गरिरहेको देखाइएको छ ।

ग्रिल्सले टिजर सार्वजनिक गर्दै ‘१८० देशका नागरिकले छिट्टै नै प्रधानमन्त्री मोदीको फरक पाटो देख्न पाउनुका साथै  उनले वन्यजन्तु संरक्षणकालागि देखाएकाे अभियान र वातावरणीय परिवर्तनका बारेमा छलफल गरेको बताएका छन् । उनले अगस्ट १२ मा बेलुका ९ बजे ’म्यान भर्सेस वाइल्ड’मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको विशेष कार्यक्रम नछुटाउनु आग्रह गर्दै ट्वीटरमा ट्वीट गरेका छन् ।

प्रतिक्रिया

Loading...