fbpx

घुससहित नासु र लेखनदास पक्राउ

सिरहा । मालपोत कार्यालय सिरहामा घुस सहित दुई जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा सोमबार मालपोत कार्यालय सिरहाका नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीबाट गएको टोलीले छड्के जाँचका क्रममा घुससहित मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश ठाकुर र लेखापढी व्यवसाय गर्ने राजवंशी चौधरीलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

मोहीको लागत पट्टावापत सेवाग्राहीबाट पाँच हजार रुपैयाँ लेखनदास चौधरीमार्फत नायब सुब्बा ठाकुरले लिएकाले घुससहित दुबैलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Loading...