fbpx

प्लस टू को नतिजा सार्वजनिक

काठमाण्डौं ।

यो वर्षको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार बेलुका राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। यो वर्ष ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ रहेको छ । ४ लाख २८ हजार ६७ विद्यार्थीले परिक्षा दिएका थिए ।

नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी मध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

ग्रेडिङ पद्दतिअनुसार ९ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९, १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना रहेको बोर्डले जनाएको छ ।

सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए ।

प्रतिक्रिया

Loading...