fbpx

मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यस्तो उपाय

मानिसको दैनिक जीवनसँग सबैभन्दा आवश्यक बस्तु बनेको छ मोबाइल फोन । मोबाइल बिना हामी एकछिन पनि बस्न नसक्ने भइसकेका छौं । मोबाइल फोनले घडी, क्यामरा, रेडियो, टिभी लगायतका कामहरु गर्ने भएको हुदा हामीहरुलाई मोबाइलको लत लागिसकेको छ ।

धेरै समय मोबाइल चलाउने गर्दा मोबाइलको ब्याट्री छिट्टै सकिने हुन्छ । धेरै जसो स्मार्टफोनको ब्याट्री नटिक्ने समस्याले गर्दा धेरै मानिसहरु तनावमा हुन्छन् ।

ब्याट्रीलाई एकै पटक चार्ज गर्न भने सकिदैन् । त्यसैले, हामीले फोनको ब्याट्री सकेपछि चार्ज गर्न केही समय कुर्न पर्ने हुन्छ । तर, हामीले केही कुराहरुमा ध्यान दिन सकियो भने हाम्रो मोबाइलको ब्याट्री छिट्टै चार्ज हुनुका साथै छिट्टै चार्ज घट्ने समस्याबाट पनि मुक्त हुन सकिन्छ । लाइन जाने डरले हामीलाई हाम्रो फोनको चार्ज सकिन्छ भनेर पटक पटक चार्ज गरिरहेका हुन्छौं ।

तर, यसरी पटक पटक फोनलाई चार्ज गर्ने क्रममा हामीले हाम्रो फोनको ब्याट्रीको आयुलाई कम गरेर आफै बिगारिरहेका छौं ।

दिनभरी वा राति सुत्नु अगाडी फोन चलाएर बस्छौं र राती सुत्नेबेलामा मोबाइल चार्जमा राखेर सुत्ने गरेका हुन्छौं । यसरी रातभरी फोनलाई चार्जमा राख्दा शक्ति निरन्तर ब्याट्रीमा जान्छ र ब्याट्रीको आयु कम हुन गइ ब्याट्री नटिक्ने समस्या देखा पर्न थाल्छ ।

फोनको जिपिएस र वाइफाइ सधै अन राख्ने गर्दा ब्याट्री निकै छिट्टो सकिन्छ । साथै लगातार भाइब्रेसनमा राखेर फोन चलाउनु पनि ब्याट्रीको आयु कम गर्ने एक प्रमुख कारण हो ।

अर्को फोनको चार्जर प्रयोग गर्दा पनि फोनको ब्याट्री छिटो सकिने हुन्छ । त्यसैले, हामीले हाम्रो फोनको ओरिजनल चार्जर प्रयोग गरेर चार्ज गर्नु पर्छ । हामीले हाम्रो फोनलाई धेरै तापक्रममा राख्नु हुदैन । यसो गर्दा ब्यट्रीको चार्ज पनि छिट्टै सकिन्छ र हाम्रो फोनको लागि हानिकारक हुन जान्छ ।

हाम्रो फोनलाई युएसबी पोर्टबाट भन्दा पनि विजुलीबाट चार्ज गर्नु पर्छ । मोबाइललाई फ्लाइट मोड अथवा अफ गरेर चार्जमा राख्दा मोवाइल छिटो चार्ज हुन्छ । फोन अफ गर्दा वा फ्लाइट मोडमा राख्दा त्यति बेला कल, इन्टरनेट ब्राउजिङ, जीपीएस तथा अनेकौ एपहरु बन्द हुने भएको कारणले हाम्रो फोन छिट्टो चार्ज हुने गर्छ । यसो गर्दा मोवाइलको चार्ज धेरै टिक्नुका साथै हाम्रो फोन सुरक्षित पनि रहन्छ ।

प्रतिक्रिया

Loading...