fbpx

यस्ता छन् शरीरका बारे हामीलाई थाहा नभएका रोचक तथ्यहरु

हाम्रो शरिरको बहिरी बनावट मात्र सामान्य देखेका हुन्छौं तर, हाम्रो शरीरको भित्री बनावट अत्यन्तै जटिल छ । विभिन्न अंगहरु मिलेर हाम्रो शरिर बनेको हुन्छ भने विभिन्न प्रकारका प्रकृयाहरुको सञ्चालन भइरहेमा मात्र हामी जीवित हुन्छौं । हाम्रो शरीर आफैमा एउटा खुला किताब हो । हाम्रो शरीरका बारेमा हामीलाई नै धेरै कुराहरु थाहा नभएको हुन सक्छ ।

हरेक मान्छेको एउटा आँखा तेज र अर्को आँखा कमजोर हुन्छ । हामी निदाएको बेलामा हाम्रो सुंघने शक्तीले काम गर्दैन भने हामीले धेरै खाएमा हाम्रो सुन्ने क्षमता कम हुन जान्छ ।

हाम्रो नाकले करीब ५० हजार किसिमको गन्ध सुँघ्न सक्छ र आँखाहरूले भने एक करोड रंगहरु चिन्न सक्ने हुन्छन् । जीवन भरीको हिसाब गर्ने हो भने हामीले प्रती वर्ष करिव १५०० देखि २००० पटक सपना देख्ने गरेका हुन्छौं । आईक्यू स्तर बढी भएको व्यक्तीले धेरै सपना देख्ने गर्छ ।

गर्मी महिनामा भन्दा पनि जाडो महिनामा हामी धेरै नराम्रो सपना देख्ने गर्छौं । हाम्रो दिमाग दिनमा भन्दा पनि रातमा बढी सक्रिय हुन्छ । हामप् दिनमा भन्दा पनि रातमा पढ्ने बानी बसाएमा हामीले पढेको कुरा हामीलाई छिट्टै याद हुन्छ । हाम्रो शरिर को दायाँ भागलाई बायाँ मस्तिस्क र बायाँ भागलाई दायाँ मस्तिस्कले नियन्त्रण गरिरहेको हुन्छ ।

हामी कहिले पनि आँखा खोलेर हाछिउ गर्न सक्दैनौ । आँखा खोलेर हाछिउ गरेमा आँखाको डल्लो नै निस्किने डर हुन्छ । हाम्रो पेटमा उत्पन्न हुने एसिडले ब्लेडलाई पनि पचाउन सक्छ । महिलाको शरीरमा भन्दा पुरुषको शरिरमा रगतको मात्रा १.८ लिटरले बढी हुन्छ । हामीले जिन्दगीभरि निकाल्ने मुखको र्यालले दुईवटा स्विमिङ पूल भरिन सकिन्छ ।

प्रति दिन एउटा मानिसले लगभग ७०,००० फरक फरक बिचारहरु मनमा ल्याउछन् । पुरुषहरुलाई महिलाभन्दा बढी बाडुली लाग्छ ।
हाम्रो खुट्टाको नङ भन्दा हातको नङ ४ गुणा छिटो बढने हुन्छ । हाम्रो हातको माझी औंलोको नङ अरू औंलाको नङ भन्दा छिट्टो बढ्ने हुन्छ । हाम्रो मृत्यु भइसके पनि हाम्रो नङ र कपाल बढिरहेको हुन्छ ।

पुरुषको तुलनामा महिलाहरूको मुटु बढी तीव्र गतिमा धड्की रहेको हुन्छ । हाम्रो शरिरको सधै भन्दा कडा बस्तु हाम्रो दाँतको इमामेल हो भने सबै भन्दा बलियो मांशपेशी हाम्रो जिब्रो हो ।

हाम्रो शरीरमा हुने ९० प्रतिशत रोगहरु हामीले लिएका तनावका कारण हुने देखाएको छ । एउटा व्यक्तीको औंठाको छाप मात्र नभएर उसको खुट्टाको पन्जा र जिब्रोको छाँप पनि संसारको कुनै पनि मानिस सँग मिल्दैन् ।

कालो भन्दा गोरो बर्णको व्यक्तीको छाला छिट्टै चाउरी पर्छ । कागजमा भन्दा कम्प्युटरमा पढ्ने क्षयमता हाम्रो २५ प्रतिशत कम हुन्छ ।

एक मानिसले आफैले आफैलाई घाटी न्याकेरा आत्महत्या गर्न असम्भव हन्छ । भर्खरै जन्मेको बक्चाले कालो र सेतो रङ मात्र देख्न सक्छ । बच्चाको रंग जन्मेको ६ महिना पछि मात्र थाहा हुन्छ । जन्मपछि हाम्रा आँखाहरूको आकार बढ्दैनन् तर, हाम्रो नाक र कान भने जिन्दगीभरि बढि रहने हुन्छ ।

प्रतिक्रिया

Loading...