fbpx

जापानमा गयो ६.५ म्याग्नीच्युडको भूकम्प

टोकियो,

जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार आइतबार बिहान ३.३१ बजे भूकम्प गएको हो ।

जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयका अनुसार जमीनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएको हो ।

जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले भूकम्पका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ । रासस

प्रतिक्रिया

Loading...