fbpx

अष्ट्रेलियामा दुई नेपाली विद्यार्थीको ज्यान गयो

अस्ट्रेलिया,

अष्ट्रेलियामा सडक दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गएको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक भएको सडक दुर्घटनामा परी समीक्षा सुबेदी र गोपाल भण्डारीको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।

शनिबार अस्ट्रेलियाको स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार दुर्घटनामा परेको थियो । मोनारो हाइवेमा भएको उक्त दुर्घटनामा सिड्नीबाट शुक्रबार साँझ उक्त स्थानमा जान हिँडेका १५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा परेका थिए । जसमा, सुबेदी र भण्डारीको ज्यान गएको हो ।

बिदाको समयमा साथीहरु मिलेर हिउँ खेल्न शुक्रबार साँझ सिड्नीबाट स्नोई माउण्टेनका लागि उनीहरु ३ वटा गाडीमा हिँडेका थिए ।

प्रतिक्रिया

Loading...