fbpx

अब महिनावारी नबार्नेले तीन हजारदेखि पाँच हजारसम्म पैसा पाउने

डोटी,

डोटीको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महीनावारी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिने भएको छ । उक्त गाउँपालिकाले छाउपडी नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई रु तीन हजारदेखि पाँच हजार पुरस्कार दिने नीति पारित गरेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताए ।

आफूहरु छाउपडी प्रथा अन्त्य गर्ने योजनामा रहेको बताँदै उनले छाउपडी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिने बताए । यति मात्र नभई सो गाउँपालिकाले अबदेखि छाउ अर्थात् महीनावारी बार्नेलाई गाउँपालिकाबाट प्रदान हुने मृत्यु दर्ता, जन्मदर्ता, सामाजिक सुरक्षाभत्ता, विवाह दर्तालगायतका सेवासुविधा पनि नदिने घोषणा गरेको छ ।

गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काका अनुसार छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि आफूहरुले छाउपडी अन्त्यका लागि नयाँ योजना ल्याएको बताए । उनले जिल्लाभरिमै बदनामी हँुदै आएको छाउपडी प्रथा अन्त्य गरेरै छोड्ने बताए ।

छाउपडी प्रथा मानेकै कारण उक्त गाउँपालिकामा हालसम्म दर्जनौँ महिलाले अकालमै ज्यान गुमाइसकेका छन् । गाउँपालिकाले चालेको उक्त कदमको सो क्षेत्रका स्थानीयवासीले स्वागतयोग्य काम भन्दै स्वागत गर्न थालेका छन् ।

छाउ अर्थात् महीनावारी भएकी महिला घरमा बसे देवीदेउता रिसाउने तथा घरमा अनिष्ट हुने भन्ने अन्धविश्वासका कारण डोटेली महिला छाउ बार्न बाध्य भएका छन् । जिल्लाका कतिपय ठाउँमा छाउपडी गोठहरु अझै कायमै रहेको सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले बताएका छन् । रासस

प्रतिक्रिया

seventeen − 9 =

Loading...