fbpx

पूर्वाञ्चल विश्वविद्यालयमा अख्तियारको छानबिन

बिराटनगर ११ साउन । पुर्बाञ्चल बिश्वबिद्यालयमा अख्तियारको केन्द्रिय टोलीले छानबिन थालेको छ । कर्मचारी र पदाधिकारी नियुक्त्ति , परीक्षा अनियमिता र सम्बन्धन लगायतका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय टोलीले बिश्वबिद्यालयमा छानबिन थालेको हो ।

अधिकृत रामप्रसाद सुबेदीको नेतृत्वमा आएको टोलीले तीन दिन अघि पुर्बाञ्चल बिश्वबिद्यालयको बिराटनगर स्थित परिक्षा नियन्त्रण र केन्दिय कार्यालयमा आवश्यक छानबिन गरेको थियो । बिश्बिद्यालय स्रोतका अनुसार पहिलेका बिभिन्न घटनापछि दिएको निर्देशन पालना भए नभएको भन्नेबारे अख्तियारले बिशेष चासो दिएको छ । अख्यिारको टोलीले रजिष्टार प्रमिला थापासँग जोडिएको फेक सर्टिफिकेटको इमल काण्ड , सह रजिष्टार र डिन नियुक्त्ती प्रकृया अनि कर्मचारी भर्ना प्रकृयाबारे बिशेष चासो दिएको छ ।
पटक पटक भ्रष्टचारको आरोपमा अख्तियारले छानबिन गरेर पुर्बाञ्चल बिश्वबिद्यालयमा आवश्यक कार्वाही गर्दै आएको छ । पछिल्लो पटक सहरजिष्टार र सहडिन र सह परिक्षा नियन्त्रक नियुक्त्ती अनि कर्मचारी भर्नामा अनियमिता भएकोबारे उजुरी परेको र पत्रपत्रिकाहरुमा पनि छानबिन समितिको प्रतिबेदनका बिषयहरु प्रकाशन भएपछि अख्तियारले क्रसचेकमा चासो देखाएको हो ।
अख्तियारका केन्द्रिय प्रबक्त्ता प्रदिपकुमार कोइरालाले पुर्बाञ्चल बिश्बबिद्यालयमा अख्तियारले चासो  दिएर छानबिन गरिरहेको तर प्रगती र बिषयभन्न नमिल्ने बताए ।

यता पुर्बाञ्चल बिश्वबिद्यालयका कर्मचारीहरुले चाँही पहिले दिएका निर्देशनहरु के कति पालना भए भएनन भनेर धरान आएको मौकामा अख्तियारको टोलीले पसेर समान्य सोधपुछ मात्र गरेको बताएका छन । कर्मचारी संघका सभापति राजकुमार सापकोटाले भने ,— ‘बाहिर हल्ला भएजस्तो केही हैन रहेछ निर्देशन पालना भए भएनन भन्ने समान्य सोधपुछ गरेर टोली फर्किएको जानकारी पाएको छु । ,
कर्मचारी नियुक्त्तीमा पहिले भएको धाँधलीबारे योजना आयोगकी सदस्य डा उषा झाको नेतृत्वको समितिले छानबिन गरेर सरकारलाई प्रतिबेदन बुझाएको थियो । उक्त्त समितिले सहडिन राजेश कुमार झा , चिकित्साशास्त्र संकायकी सह डीन दिप्ती सुब्बा , सहपरिक्षा नियन्त्रक मेनुका श्रेष्ठको नियुक्त्त अबैध ठरयाएपछि सरकारले उनिहरुलाई बर्खास्त गरेको थियो । भर्खरै बिश्वबिद्यालयको सेवा आयोगले सहप्राध्याकहरु भर्ना गर्न बिज्ञापन गरेपछि बिद्यार्थी संगठनहरुले बदनियत पुर्वक कर्मचारी भर्ना गर्न लागेको भन्दै बिरोध गरेपछि तत्काल परीक्षा स्थगित भएको थियो । सेवा आयोगका पदाधिकारीहरुको अवधि सकिनलागेको र छानबिन समितिको प्रतिबेदन पुर्ण कार्यान्व्यन भैनसकेकोले भर्ना प्रकृया स्थगित गर्नुपर्ने माग बिद्यार्थीहरुले गरेका थिए ।

प्रतिक्रिया

16 + nine =

Loading...