fbpx

तीन महिनामा चार लाख विस्थापित

बेरुत ।

सिरियामा गत तीन महिनाको अवधिमा विस्थापित हुनेहरुको संख्या चारलाख नाघेको छ । राष्ट्रसंघीय निकायका अनुसार विद्रोहीले नियन्त्रणमा लिएको क्षेत्रमा सरकारले अक्रमण गरेपछि उनिहरु घर छोड्न बाध्य भएका छन् ।

शुक्रबारसम्ममा विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गरेपछि उनीहरु विस्थापित भएको राष्ट्रसंघीय निकायले जनाएको छ । गत अप्रिलको अन्त्यदेखि अहिलेसम्ममा तीन महिनामा चार लाखभन्दा बढी विस्थापित भएको राष्ट्रसंघको मानवीय मामिला निकायका डेभिड स्वान्सनले बताए ।

करिब ३० लाख जनसंख्या भएको त्यस क्षेत्रमा सरकारी पक्षले अक्रमण सुरु गरेपछि विस्थापित हुने क्रम समेत बढ्दो छ । कहिले विद्रोही पक्ष र कहिले सरकारी पक्षको अक्रमणको कारण त्यहाँका आधा भन्दा बढी विस्थापित भइसकेका छन् । विषेशगरी इड्लीब र अलेप्पो, हामा र लाताकिया प्रान्तमा प्रभाव बढी परेको छ ।

झण्डै दुई तिहाई जनसंख्या आफू बसेको ठाउँबाट विस्थापित भएको उनले बताए । यस क्षेत्रको नेतृत्व जिहादी गठबन्धनका हायात ताहिर अल शामले गरिरहेका छन् । उनी यसअघि अल कायदामा आवद्ध थिए ।

अप्रिलको अन्त्यदेखि अहिलेसम्ममा ७३० भन्दा बढी नागरिक मारिएको बेलायतमा कार्यालय रहेको अनुगमनकर्ताको संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

प्रतिक्रिया

Loading...