fbpx

सरकारले ९ सय ८९ अस्थायी कर्मचारी भर्ना गर्ने

काठमाण्डौ ।

सरकारले ९ सय ८९ जना अस्थायी कर्मचारी भर्ना गर्ने भएको छ । विभिन्न मन्त्रालयका आयोजनाका लागि अस्थायी दरबन्दी खुलाउने निर्णय भएको सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री बाँस्कोटाले सरकारले खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा राजपत्रांकित श्रेणीका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको बताएका हुन् ।

खानेपानी मन्त्रालयका लागि २१३ जना, वन तथा वातावरण मन्त्रालयका लागि ५० जना र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ७२६ जना अस्थायी कर्मचारीको दरबन्दी खुलाउने निर्णय गरिएको हो ।

बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाललाई नियक्त गर्ने निर्णय गरेको समेत उनले बताए ।

मन्त्री परिषदको बैठकले युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ऋण सहायताका रूपमा प्रस्तावित १२० मिलियन अमेरिकी डलर स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले राष्ट्रिय परिचयपत्रमा हाल कायम रहेको विवरणमध्ये केही विवरण कार्ड, चिप्स र प्रणालीमा राखी परिमार्जन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

Loading...