fbpx

गीतकार यसोदा थापा ‘यशु’को ‘छड्के नजर’ बजारमा (भिडियोसहित)

विराटनगर,
हिन्दू महिलाहरुको निकै महत्व बोक्ने चाड तीजको अवसरमा विभिन्न तीज गीतहरु बजारमा सार्वजनिक भइरहेको देख्न सकिन्छ । यस्तै क्रममा ‘छड्के नजर’ बोलको तीज विशेष गीत युटुबमा सार्वजनिक भएको छ ।

गायिका रीता केसीको स्वरमा रहेको यस गीतलाई रीताकै अधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यसोदा थापा ‘यसु’को शब्दलाई राजन कार्कीले आफ्नो संगीत दिएका छन् । प्रकाश राउतको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको उक्त सार्वजनिक गीतमा गायिका रीता केसीका साथ मनोज ओलीलाई देखाइएको छ ।

कमल सौरागले एरेन्ज गरेको यस गीतलाई राजकुमार बगरले मिक्सिंगमा साथ दिएका छन् । राम कुमार केसीको छायांकनमा तयार भएको यस गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

fourteen + fourteen =

Loading...