fbpx

पूर्वमिस नेपाल श्रृङ्खला र शिसनको फोटो सार्वजनिक भएसँगै सुरु भयो ‘प्रेम चर्चा’

काठमाडौं,
‘मिस नेपाल २०१८’ की विजेता श्रृङ्खला खतिवडाले दिएको आनो फरक विचार, अभिव्यक्ति र उनको स्वभावका कारणले उनले धेरै प्रशंशक कमाउनुका साथै उनि छिट्टै चर्चाको शिखरमा पुगेकी छन् । धेरै बौदिक क्षमता बोकेकी श्रृङ्खलालाई विगतका मिस नेपालहरु भन्दा राम्री, क्षमता भएको देखिनुका साथै उनले धेरैको मन जितेकी छिन् ।

मिस नेपालको ताज पहिरीएपछि नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै चिनमा आयोजित मिस वर्ल्डमा समेत सहभागिता जनाएकी थिइन् । मिस नेपाललाई फिल्ममा डेब्यु गराउने निर्देशकहरु धेरै हुने गर्छन् । पछिल्लो समय फिल्मको लागि आएको प्रस्तावहरु समेत अस्वीकार गर्दै आएकी श्रृङ्खलाले आफुलाई फेरी पनि आदर्श प्रमाणित गरेकी थिईन् ।

तर, अहिले आफुले सामाजिक संजालमा एउटा फोटो सार्वजनिक भएसंगै उनको सकारात्मक भन्दा पनि नकारात्मक चर्चाको सुरुआत भएको देख्न सकिन्छ साथै उक्त फोटोमा विभिन्न ट्रोलहरु समेत बनेको छ । हाल सिशन बानियाँसंग टर्की भ्रमणमा रहेको बेला उनले सिशनको काँधमा आफ्नो टाउको राखेर फोटो खिचिएको तस्बीर सार्वजनिक गरेपछि समाजिक संजालमा तहल्का मचेको छ । केही समयमै भाइरल भएको छ तस्विरले उनीहरुको प्रेमको चर्चा सुरु हुन थालेको छ । यसअघि पनि सिशनसँग जोडिएर श्रृङ्खलाको चर्चा नआएको भने होइन । यस विषयमा दुबैले आफ्नो मुख खोलेका छैनन् ।

श्रृङ्खलाले भने हरेक पटक आफ्नो प्रेमी कोही पनि नभएको बताउदै आएकी छन् । श्रृङ्खलाले यसअघि मिस नेपालको यात्रामा सिशनले आफ्नो काममा सहयोग गर्दै आएको बताएकी थिईन् । सिशन भ्लगर हुन् । उनले मिस नेपालको प्रतिस्पर्धामा श्रृङ्खलाका लागि बनाएको भिडियोले निकै नै चर्चा पाएको थियो ।

प्रतिक्रिया

Loading...