fbpx

‘थोरःलभ एण्ड थन्डर’ मा नेटली पहिलो लेडी थोर बन्दै

विराटनगर,
हलिउडकी अभिनेत्री नेटली पोर्टम्यान पहिलो महिला ’थोर’ सुपरहिरो बन्ने पक्का भएकी छिन् । उनी अमेरिकन सुपरहिरो ’थोर’को आगामी प्रदर्शनमा आउने सिरिज ’थोरःलभ एण्ड थन्डर’ मा लेडी थोर बन्न लागेकी हुन् । ’थोर’ फ्रान्चाइजको यो चौथो सिनेमा हो । यस फिल्मको सिरिजलाई टाइका वाइटिटीले निर्देशन गर्दै छन् ।

सिनेमाको पहिलो फ्रान्चाइज सन् २०११ मा आएको थियो भने त्यसपछि यसका दुई फ्रान्चाइजहरु सन् २०१३ र १७ मा रिलिजमा आएका थिए । यस फिल्मको चौथो फ्रान्चाइज भने सन् २०२१ को नोभेम्बर ५ मा रिलिज हुने पक्का भएको छ । यो खवर मार्भल स्तुडियोज् को अधिकारिक ट्वीटर मार्फत सेयर गरिएको हो ।

यस सिनेमामा अनुबन्धित भएपछि नेटलीले मार्भलको सिनेमामा फेरी पनि फर्किन पाउँदा आफुलाई निकै खुशी लागेको बताएकी छिन् । सिनेमाका पहिलो संक्रमण ’थोर’ र दोस्रो संस्करण ’थोर स् द डार्क वर्ल्ड’ मा अभिनय गरेकी थिइन् । तर, उनले यस फिल्मको तेस्रो संक्रमण ’थोर स् रंगनारोक’ मा भने अभिनय गरेकी थिइनन् ।

प्रतिक्रिया

eleven + 18 =

Loading...