fbpx

‘अवतार’लाई पछि पार्दै ‘एभेन्जर्स : इन्डगेम’ बन्यो संसारकै सबैभन्दा बढी कमाइ गर्ने फिल्म

विराटनगर,
हलिउड फिल्म ’एभेन्जर्स स् इन्डगेम’ पछिको २०१९ को सबैभन्दा ठूलो ओपनर फिल्म बन्न सफल भएको थियो । यसका साथै फिल्म प्रदर्शन भएको ८८ दिन सम्ममा फिल्मले २,७९०.२ मिलियन अमेरिकी डलर कमाएको छ । अहिले सम्मको सबै फिल्मलाई पछि पर्दै ‘एभेन्जर्सस् इन्ड गेम’ विश्वकै सर्वा्धिक व्यापार गर्ने चलचित्र बन्न सफल भएको छ ।

२००९ को डिसेम्बर १८ मा रिलिज भएको ‘अवतार’ले टोटल २,७८९.७ मिलियन डलरको व्यापार गर्न सफल भएको थियो । जेम्स क्यामरून निर्देशित दश वर्ष अघि रिलिजमा आएको फिल्म ’अवतार’ले देश विदेशका विभिन्न हलहरुमा २३४ दिन टिकेको थियो ।

भर्खर ८८ दिन अगाडी प्रदर्शनमा आएको ‘एभेन्जर्स’ले घरेलु बक्सअफिसमा ’अवतार’लाई ५ लाख बढी अमेरिकी डलरले पछि पार्न सफल भएको छ । एभेन्जर्सका निर्माता कम्पनी मार्भल स्टुडियोका प्रमुख केभिन फेगले शुक्रवार बेलुका ५ लाख अमेरिकी डलर ग्रससहित एभेन्जर्स स् एन्ड गेमले अवतारको कमाइलाई उछिनेको घोषणा गरेको हो ।

अब ’अवतार’ दोस्रो स्थानमा पुगेको छ भने जेम्स क्यामरुनकै ’टाइटानिक’ तेस्रो स्थानमा सरेको छ । ‘एभेन्जर्सस् इन्ड गेम’लाई एन्थोनी रुसो र जोय रुसोले संयुक्त रुपमा निर्देशन गरेका हुन् । यो फिल्म ‘एभेन्जर्स’को अन्तिम सिरिज भएकाले पनि यस्तो रेकर्ड कायम भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

5 × 3 =

Loading...