fbpx

जेठी पत्नी हेमाले दिइन् छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी

काठमाडौं,
नेपाली फिल्मका चर्चित निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको घर झगडा तथा डिभोर्सको खबरले केही दिनयता जहाँ पनि चर्चा चलेको छ । २०७३ असार २९ गते सुटुक्क विवाह गरेका छवि र शिल्पाले गएको ६ महिना अगाडि विवाह दर्ता गरेका पनि दुईले लामो समय यो कुरा लुकाउँदै आएका थिए । केही समय अगाडी शिल्पा पोखरेलले छवि विरुद्ध धरेलु हिंसाको मुद्दा दर्ता गराएकी थिइन् भने जिल्ला अदालतमा डिभोर्स समेत फाइल गरेकी छिन् ।

तीन वर्ष अगाडि चौथो श्रीमतीको रुपमा छविले शिल्पालाई आफ्नो घरमा भित्रिएका थिए । शिल्पाले गएको महिना श्रीमान् छवी विरुद्धप्र हरी परिसर टेकुमा घरेलु हिंसा गरेको उजुरी दिएकी थिइन्, र प्रहरी कार्यालयमा दुईले अब कहिल्यै झगडा नगर्ने भन्दै कागजी सहमति समेत गरेका थिए । तर, फेरी पनि शिल्पा असुरक्षित महसुस भएको भन्दै घर नफर्किने अडानमा डिभोर्स केस फाइल गरेकी छिन् ।

अब भने यस विषयमा अर्कै पात्रको प्रवेश भएको छ । छवि ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले श्रीमान् छविराज ओझा र उनकी कान्छी श्रीमती शिल्पा पोखरेल विरुद्ध बहुविवाहको मुद्दा चलाएकी छिन् । दुई सन्तानकी आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा अधिकवत्ता स्वागत नेपाललाई लिएर बहुविवाहको उजुरी दर्ता गर्न पुगेकी हुन् । २०७५ साल पुष ११ गते छविराज ओझा र शिल्पा पोखरेलले गरेको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी फेला परेपछि उनले उजुरी दिएको बताएकी छिन् ।

दुईले बहुविवाह गरेको प्रमाणित भएकाले मेरा श्रीमान् छविराज ओझाले घरमा म हुँदा हुँदै छोरीको उमेर भएकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा, छविराज र शिल्पालाई कारवाहीको माग गर्दै यो उजुरी गरेको लेखेकी छिन् । मेरो विपक्षी पति छविराज र शिल्पालाई प्रचलित कानुन बमोजिम चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाई अनुसन्धान समेत गरि सजाय गरिपाउ भनेर मुद्दा दायर गरेसँगै छवि शिल्पाको लफडाले नयाँ मोड लिएको छ ।

प्रतिक्रिया

Loading...