fbpx

हतारिँदै पानी पिएमा ज्यानसमेत जान सक्छ

पानी जीवनको श्रोत हो जुन हाम्रो शरीरका लागि एकदम अत्यावश्यक पदार्थ मानिन्छ । हरेक जीवित व्यक्ति, जनावर, रुखबिरुवा, किरा फट्यांग्रालाई बाच्नको लागि पानीको आवश्यक हुन्छ । हाम्रो शरीरमा पानीको मात्रा पुगेन भने, पानीको मात्रा धेरै भयो भने र नचाहिने समयमा पानी पिएको खण्डमा हामीलाई धेरै समस्याहरुले सताउन सक्छ ।

आवश्यकता भन्दा धेरै पानी पिउने गर्नाले मिर्गौलामा दवाब पर्न जान्छ र धेरै पटक टोइलेट जानु त सामान्य कुरा हो । तर, यसले हाम्रो ज्यान समेत लिन सक्ने भएको छ । हामीले स्वास्थ्य रहन र शरीरलाई रोगमुक्त राख्नको लागि पानी पिउने गर्छौं । तर, असन्तुलित रुपमा पानी पिएमा यसले हाम्रो शरीरमा फाइदा भन्दा पनि धेरै असर गर्ने गर्छ ।

रोगी व्यक्तिका साथ साथै स्वस्थ व्यक्तिले पनि आवश्यक भन्दा बढी पानी पिउने गर्नु हुँदैन । बिरामीहरुले आवश्यक भन्दा बढी पानी पिएको खण्डमा त्यसले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर गर्ने गर्छ । धेरै पानी पिए वाक वाकी हुने, बान्ता हुने, टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्यालाई निम्त्याउँछ ।

स्वास्थ्य विशेषज्ञहरुका अनुसार हामीले जुन पायो तेही समयमा पानी खानु हुदैन । हामी खाना खादै गर्दा वा खाना खाने वित्तिकै चिसो पानी पिउने गर्दा हाम्रो शरीरलाई हानी पुग्न सक्छ । आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले हाम्रो पेट भित्र उत्पन्न भएको पाचन रसले काम गर्न छोड्छ र त्यसपछि हाम्रो शरीरमा थप समस्या पैदा हुन जान्छ ।

हामीले खाली पेटमा पनि पानी खानु हुदैन । यसरी खाली पेटमा चिसो पानी खादा हामीलाई सर्दी लाग्ने सम्भावना बढी हुनुका साथै जुका पनि पर्न सक्छ । हाम्रो शरीरमा पानीको मात्रा धेरै भयो भने हाम्रो शरीरको सेलहरु ड्यामेज पनि हुन सक्छ ।

एकदमै गर्मी वा धेरै हिडेर, थाकेर घर आउने वित्तिकै पानी खाएमा ज्यानै पनि जान सक्छ । त्यसैले कतैबाट आउने बित्तिकै एकछिन आराम गरेर मात्र हामीले पानी पिउने गर्नु पर्छ । हामीले दैनिक पिउने दुध, कफि र चियाको मात्रा हेरेर पनि पानी पिउनु आवश्यक देखिन्छ ।

३ वा ४ कप चिया वा कफि पिउने व्यक्तिले दिनमा ८ गिलास पानीको आवश्यकता पर्दछ । चिया र कफिमा कैफीनको मात्र धेरै हुने भएकोले हाम्रो शरीरमा रगतको मात्रा कम हुन जान्छ । त्यसैले, रगतको मात्रा बढाउनका लागि हामीले अलिक धेरै पानी पिउनु अवश्यक देखिन्छ ।

हामीले दैनिक पिउने पानीको मात्रा तौल, जीवनशैली र मौसम अनुसार फरक पर्न सक्छ । शारीरिक श्रम नपर्ने, कुर्सीमा बसेर काम गर्नेहरुले भन्दा शारीरिक श्रम पर्ने व्यक्तिहरुले धेरै पानी पिउनु पर्छ । शारीरिक ब्यायाम गर्ने, गर्मी मौसममा काम गर्ने र स्तनपान गराइरहेका आमाहरूलाई धेरै पानीको आवश्यक पर्छ ।

प्रतिक्रिया

Loading...