fbpx

‘मेस्सी र नेयमार एकसाथ खेलेको राम्रो’

एजेन्सी,
स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन लेफ्ट ब्याक खेलाडी फिलिपे लुइसले पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारलाई बार्सिलोनामा हेर्न चाहेको बताएका छन् । उनले एक कार्यक्रमका क्रममा ब्राजिलियन टिमका सहकर्मीसमेत रहेका नेयमार बार्सिलोना फर्किनेमा आफू विश्वस्त रहेको बताए ।

लुइसले एथ्लेटिको मड्रिडका ग्रिजम्यान क्लबमा भित्रिएपछि नेयमार बार्सिलोना फर्कन त्यति सहज नभएको तर पनि आफूले नेयमारलाई पूर्वक्लब बार्सिलोनामा हेर्न चाहेको बताएका हुन् । उनले नेयमार एक उत्कृष्ट ब्राजिलियन खेलाडी भएको पनि बताएका छन् ।

नेयमारले फ्रेन्च क्लब पीएसजी छोड्ने घोषणा गरिसकेका छन् । सन् २०१७ मा कीर्तिमानी रकममा पीएसजी गएका उनी पुनः पूर्वक्लब आउने योजनामा छन् । पीएसजीका खेल निर्देशक लियोनार्डोले पनि नेयमार उचित मूल्यमा उपलब्ध हुने बताइसकेका छन् ।

रियल मड्रिड पनि नेयमारको अर्को सम्भावित गन्तब्यका रूपमा रहेको बताइएको छ । तर, बार्सिलोनाका लुइस भने सहकर्मी नेयमारलाई बार्सिलोना फर्किएको देख्न चाहेको बताएका छन् । उनले कोपेको टिएम्पो डी जुएगो नामक कार्यक्रमा बोल्दै भनेका छन्, ‘म उनलाई बार्सिलोनामा हेर्न चाहान्छु ।’
उनले आफूलाई मेस्सी र नेयमार एकसाथ खेलेको साह्रै राम्रो लाग्ने बताएका छन् । ‘नेयमार बार्सामा छँदा उनी धेरै खुशी थिए’, उनले थपे, ‘म नेयमारलाई फेरि बार्सिलोना आएर मेस्सीसँग रमाउँदै खेलेको हेर्न मन छ । यी दुई एकसाथ खेलेको मलाई यो साह्रै राम्रा लाग्छ ।’

‘ब्राजिलका एक उत्कृष्ट खेलाडी नेयमार पुनः बार्सिलोना फर्किनेमा म विश्वस्त छु,’ उनले भने, ‘तर, यो त्यति सहज छैन ।

प्रतिक्रिया

Loading...