fbpx

चुरोट तानेको फोटोका कारण ट्रोलको शिकार बनिन् प्रियंका

विराटनगर,
जुलाई १८ मा ३७ वर्षमा प्रवेश गरेकी बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले आफ्नो जन्मदिन मायामीको समुन्द्री किनारमा आफ्ना पति निक जोनस, आमा मधु चोपडा बैनी परिनिधि चोपडा सहित अन्य व्यक्तिहरुसँग मनाएकी थिइन् । जन्मदिनको आयोजित पार्टीमा आफ्ना पति निक र आमा मधु सित प्रियंकाले चुरोट तानकी थिइन् । उक्त फोटो सामाजिक संजालमा सार्वजनिक भएसंगै प्रियंकाको यतिबेला धेरै ट्रोल बनेको छ भने उनि आफ्नो फ्यानहरुको अगाडी निकै आलोचित बन्न पुगेकी छिन् ।

उनि आलोचित र उनको विभिन्न खालको ट्रोल बन्नुको कारण उनले आफैले केहि समय अगाडी सेयर गरेको पोस्ट हो । प्रियंकाले सन् २०१० मा चुरोट तान्नु गलत हो भनेर सबैलाई बताएकी थिइन् । गतवर्ष मात्र प्रियंकाले एक भिडियो सार्वजनिक गर्दै आफूलाई आस्थ्मा भएकाले आफु र आफूजस्तै अरु बिरामीलाई धुवाँले असर गर्छ भनेर दिवाली पर्वमा पटेका पड्काएर वातावरण फोहोर नगरिदिन आग्रह गरेकी थिइन् ।

यतिबेला मानिसहरु यहि विषयलाई लिएर प्रियंकाको ट्रोल बनाइरहेका छन् । र अमिद आसामकि एमब्यासेडर रहेकी प्रियंकाले आसाममा आएको बाढीमा सहयोग नगरी आफ्नो जन्मदिन मनाउनका लागि मायामीको समुन्द्री किनारमा रमाईरहेको भएर झन् आलोचित भएकी छिन् । मानिसहरुले प्रियंकालाई आस्थ्मा भएको भए उनले किन चुरोट तानेको र वातावरण फोहोर हुन्छ भने आफ्नो विवाहमा पटाका किन पड्काएको भनेर आलोचना गरेका छन् ।

केहीले प्रियंकाले आफ्नो ढोंगीपन देखाउनमात्र भिडियो पोस्ट गरेको र अरुलाई सहयोग गर्नु भन्दा पनि विभिन्न देशहरु घुम्न जानका लागि मात्र एमब्यासेडर बनेको भनेर बताइरहेका छन् । कोहिले भने प्रियंकालाई साथ दिदै विभिन्न इस्त्याटसहरु लेख्दै आएका छन् ।

प्रतिक्रिया

Loading...