fbpx

कौटिन्हो बने सर्वाधिक धेरै खेल खेल्ने खेलाडी

एजेन्सी,
बार्सिलोनाका मिडफिल्डर फिलिप्पे कौटिन्हो अघिल्लो सिजन सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । ब्राजिललाई ४६औं संस्करणको कोपा अमेरिका जिताएका कौटिन्हो सन् २०१८–१९ को सिजनमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन् ।

२७ वर्षीय कौटिन्हो युरोपका टप–पाँच लिगमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी बनेका हुन् । कौटिन्होले अघिल्लो सिजन कूल ७० खेल खेलेका छन् । उनले स्पेनिस ला लिगामा ३४ खेल खेलेका छन् भने च्याम्पियन्स लिगमा १२, कोपा डेल रेमा ७ र सुपरकोपा डी इस्पानामा एक खेल खेलेका छन् । उनले क्लबबाट ५४ खेल खेल्दा ११ गोल गरेका छन् । यस्तै उनले बाँकी १६ खेल भने ब्राजिलको जर्सीमा खेलेका छन् । १० वटा मैत्रीपूर्ण खेल खेलेका कौटिन्होले ६ खेल कोपा अमेरिकाको क्रममा खेलेका छन् ।

कौटिन्होपछि दोस्रो स्थानमा नेदरल्याण्डका स्टार डले ब्लाइन्ड छन् । डच क्लब आयाक्सका स्टार ब्लाइन्डले कूल ६७ खेल खेलेका छन् । यस्तै तेस्रो नम्बरमा चेल्सीबाट हालैमात्र रियल मड्रिड गएका बेल्जियन स्टार इडेन हाजार्ड छन् भने तेस्रो स्थानमा सेभिल्लाका खेलाडी क्वीन्सी प्रोमेस छन् । हाजार्डले जम्मा ६६ खेल खेल्दा नेदरल्याण्डका क्वीन्सीले पनि ६६ नै खेल खेलेका छन् ।

यस्तो छ सन् २०१८–१९ को सिजनमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको सूचीः

  • फिलिप्पे कौटिन्हो (बार्सिलोना)– ७० खेल
  • डले ब्लाइन्ड (आयाक्स)– ६७
  • इडेन हाजार्ड (चेल्सी)– ६६
  • क्वीन्सी प्रोमेस (आयाक्स)– ६६
  • माथिस डी लिग्ट (आयाक्स)– ६५
  • रुबेन डीयास (बेन्फिका)– ६५
  • हिउङ–मिन सन् (टोटनह्याम)– ६५
  • विलियन (चेल्सी)– ६५
  • अर्टुरो भिडाल (बार्सिलोना)– ६५
  • अलिसन बेकर (लिभरपुल)– ६४

प्रतिक्रिया

Loading...