fbpx

पाँचथरमा मन्दिरको छत खस्दा दुई जनाको ज्यान गयो

पाँचथर,
पाँचथरमा मन्दिरको छत खस्दा दुई जनाको ज्यान गएको छ । पाँचथर हिलिहाङ गाँउपालिकामा सोमबार निर्माणाधीन यलम्बर पार्क मन्दिरको छत खस्दा दुई जनाको ज्यान गएको हो ।

सोमबार बिहान मन्दिरको छतको सेटिङ खोल्ने क्रममा दुईजनाको मृत्यु भएको हो । छत केही समय अघि ढलााई भएको थियो । ढलाई गर्दा प्रयोग भएको फर्मा खोल्ने क्रममा छत लहकिच्दा सोही ठाँउका ५० वर्षीय जगत राई र ५१ वर्षीय रूद्र राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक दुवैजना कामदार रहेको प्रहरीले जनाएको छ । हिलिहाङ गाउँपालिकाले उपभोक्ता समितिमार्फत पार्क बनाउने काम भइरहेको थियो ।

प्रतिक्रिया

Loading...