fbpx

अब प्रिमियर लिगमा पनि भीएआर प्रयोग गरिने

एजेन्सी,
यस सिजनदेखि इंग्लिस प्रिमियर लिग फुटबलमा पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि लागू हुने भएको छ । प्रिमियर लिगका अन्तरिम चिफ रिचार्ड मास्टरले यस २०१९–२० सिजनबाट नै भीएआरको प्रयोग गरिने स्पष्ट गराएका छन् ।

उनले स्काई स्पोर्ट्ससँगको कुराकानीमा भनेका छन्, ‘हामीले भीएर प्रविधिका लागि २ वर्षदेखि नै तयारी गरिरहेका छौं । यो हाम्रो ठूलो निर्णय हो र मलाई थाहा छ, यसले केही विवाद भने निम्त्याउँछ । हामी भीएआर लागू गर्न तयार छौं ।’

प्रिमियर लिगमा पहिलोपटक भीएआर प्रविधि ल्याउन लागिएको हो । यसअघि विश्वकप, कोपा अमेरिका र च्याम्पियन्स लिगमा भीएआरको प्रयोग भइसकेको छ । यस सिजनको प्रिमियर लिग अगस्ट ९ देखि सुरु हुँदैछ ।

‘मेरो विचारमा समर्थकहरू प्रिमियर लिगमा भएका स–साना गल्तीहरू स्पष्ट होस् भन्ने चाहान्छन्,’ उनले थपे, ‘समर्थकले खेलको निर्णय चाँडो होस् भन्ने चाहान्छन् । यसका लागि पनि हामी मेहनतका साथ लागिपरेका छौं ।’

प्रतिक्रिया

Loading...