fbpx

साम्राज्ञीको फोटो भाइरल भएसँगै हुन थाल्यो चर्को आलोचना

विराटनगर,
युवा पुस्तामाझ निकै चर्चामा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला इन्डोनेशियाको बालीमा छुट्टि मनाईरहेकी छिन् । भदौ १३ मा रिलिज हुने फिल्म ’मारुनी’ र दशैं टार्गेट गरेको फिल्म ’रातो टिका निधारमा’ २ चलचित्रमा लगातार को काम सकेपछि केही दिनको ‘होलिडे ट्रिप’ का लागि अभिनेत्री साम्राज्ञी आफ्नो प्रेमी देवाङ्कस राणासँग इन्डोनेशियाको बाली पुगेकी छिन् ।

यतिबेला साम्राज्ञीको फोटो सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । बालीको एक समुन्द्री किनारको नजिक उनले रातो विकिनीमा आफ्नो प्रेमीसँग खिचेका केहि फोटोहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मर चुमेको तिनवोटा तस्विरहरु आफ्नो इन्टाग्राममा सेयर गरेका थिए । उक्त फोटोहरु ठूलै विवादको रुप लिने देखाएको छ ।

तर, सेयर गरेको केहि क्षणमै दर्शकहरुको आलोचना र गालीको वर्षात भएपछि उनले उक्त फोटोहरु हटाएका छन् । मस्ती मुडमा खिचिएको यी फोटोहरु यी दुई जोडीलाई पाच्य लागे पनि धेरै जसोलाई यो फोटो पचेको छैन । साथै, यस फोटोले साम्राज्ञीको छविमा समेत असर पुर्याउने धेरैले भनेका छन् । यस अघि पनि फिल्ममा गाउँले भूमिका गर्न अस्वीकार गरेको तथा डेढ वर्ष अगाडी खोपेको ट्याटुको कारण पनि साम्राज्ञी आलोचनाको सिकार भएकी थिइन् ।

धेरैले फलो र चिन्ने सेलिब्रिटी भइसकेपछि आफ्नो कस्ता तस्वीर सार्वजनिक गर्ने र नगर्ने भन्ने छुट्याउन आवश्यक देखिन्छ । साम्राज्ञीले यो कुरामा ख्याल नगरेको धेरै चलचित्रकर्मीहरुले नै बताउदै आएका छन् । मयंक खड्कासँग ब्रेकअप भएपछि उनी केही महिनायता उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । साम्राज्ञी प्रेमीलाई लिएर सार्वजनिक कार्यक्रममा पनि निर्धक्क पुग्ने गरेकी छिन् ।

प्रतिक्रिया

Loading...