fbpx

१० खेलाडीमा सीमित सेभिल्लासँग च्याम्पियन्स लिग विजेता लिभरपुल पराजित

विराटनगर,
युरोपियन च्याम्पियन्स क्लब लिभरपुल मैत्रीपूर्ण खेलमा पराजित भएको छ । सोमबार बिहान भएको खेलमा सन् २०१८–१९ को च्याम्पियन्स लिगको विजेता टोली लिभरपुल सेभिल्लासँग २–१ गोलले पराजित भएकाे हो ।

प्रि–सिजनअन्तर्गतको चौथो खेलमा लिभरपुल पराजित भएको हो । यसअघिको तीन खेलमा लिभरपुलले जित निकालेको छ । तर, चौथो खेलमा भने लिभरपुल १० खेलाडीमा सीमित बनेको सेभिल्लासँग पराजित भएको हो ।

सेभिल्लालाई जिताउन नोलिटो र अलेजान्ड्रो पोजोले समान एक–एक गोल गरे । यता, लिभरपुलका डाइभक ओरिजीले एक गोल गरे । सेभिल्लाले खेलको ३७औं मिनेटमा नोलिटोको गोलमार्फत् अग्रता बनाएको थियो । तर, खेलको ४४औं मिनेटमा डाइभकले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सेभिल्लाले एक गोल थपेर जित निकाल्यो । खेलको ९०औं मिनेटमा पोजोले गोल गर्दै सेभिल्लालाई जित दिलाए । त्यसअघि खेलको ७६औं मिनेटदेखि सेभिल्ला १० खेलाडीमा सीमित बनेको थियो । उसका खेलाडी जोरिस नाङ्गनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

प्रतिक्रिया

Loading...