fbpx

टोटनह्यामसँग युभेन्टस पराजित, रोनाल्डोले गोल गर्दा पनि टिमलाई हारबाट जोगाउन सकेनन्

विराटनगर,
जारी इन्टरनेशनल च्याम्पियन्स कपअन्तर्गत इटालियन क्लब युभेन्टस पराजित भएको छ । आइतबार साँझ भएको खेलमा युभेन्टस इंग्लिस क्लब टोटनह्याम हटस्परसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

सिंगापुरको नेशनल स्टेडियममा भएको उक्त खेलमा टोटनह्यामका लागि इरिक लमेला, लुकास मौरा र ह्यारी केनले समान एक–एक गोल गरे भने युभेन्टसका लागि गोन्जालो हिगुइन र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे ।

सो खेलमा टोटनह्यामले सुरुआती अग्रता बनाएको थियो । उसका लागि खेलको ३०औं मिनेटमा इरिक लमेलाले गरेका थिए । पहिलो हाफमा उनकै गोलमा ठोटनह्यामले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा गोन्जालो हिगुइनले टोलीलाई बराबरीमा ल्याए । उनले खेलको ५६औं मिनेटमा गोल गरेका थिए ।

यस्तै स्टार खेलाडी रोनाल्डोले ६०औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । तर, खेलको ६०औं मिनेटमा टोटनह्यामका लुकास मौराले खेलको ६५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए । यसैगरी खेलको ९३औं मिनेटमा ह्यारी केनले गोल गरेपछि टोटनह्यामले खेल ३–२ गोल अन्तरले जित्यो ।

यो सँगै युभेन्टसले हारबाट प्रि–सिजनको सुरुआत गरेको छ । यो सिजन स्टार खेलाडीहरू भित्र्याएको ऊ जितबिहीन बनेको छ । उसले यस सिजन बुफोनलाई युभेन्टस फर्काएको छ भने डच क्लब आयाक्सबाट माथिस डी लिग्ट र आर्सनलबाट आरोन राम्से भित्र्याएको छ ।

प्रतिक्रिया

Loading...