fbpx

मुखमा लुकाएर ब्राउन सुगर तस्करी, दुई दिनमा तीनजना पक्राउ

झापा । झापा प्रहरीले दुई दिनको अन्तरमा लागुऔषध ब्राउन सुगर सहित तीनजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले छुट्टा छुट्टै स्थानबाट सात ग्राम ब्राउन सुगर सहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।

आइतबार झापाको मेचिनगर नगरपालिका–६ भन्सार गेट अगाडीबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । दिउँसो साढे ३ बजेको समयमा भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १० प १६८७ नम्बरको मोटरसाईकल चेकजाँचका क्रममा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले  दुईजनालाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका– ४ केर्खा बस्ने ३१ बर्षिय मोहन सुबेदी र मोटरसाइकलको पछाडी सवार सोही गाउँपालिका– ३ बस्ने २८ बर्षिय युवराज गुरुङ छन् ।

गुरुङले मुखमा लुकाएर ३ ग्राम ब्राउन सुगर ल्याएका थिए । प्रहरीले मुखमा चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला पारेको हो । लागुऔषधसहित पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले झापाको बाह्रदशी गाउँपालिका– ३ चकचकीका २८ बर्षीय मोहमद रियाजलाई ४.५० ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रवार राती साढे ९ बजे रियाजलाई ४.५० ग्राम ब्राउनसुगर सहित बिर्तामोडबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका रियाजलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Loading...