fbpx

खुट्टाको अप्रेशन गरेका बिरामीको मृत्य, नोबेल मेडिकल कलेज तनाबग्रस्त

विराटनगर,
खुट्टाको सामान्य अप्रेशन गरेका व्यक्तिको मृत्यु भएपछि विराटनगर–४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज तनाबग्रस्त बनेको छ । घुँडाको अप्रेशन गरेका सुनसरीको दुहबी नगरपालिका– ६ का ५१ वर्षीय अनीलकुमार साहको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो ।

मोटरसाइकलको स्टेन लगाउने क्रममा लडेर घाइते भएका साहलाई उपचारका लागि नोबेल मेडिकल कलेज भर्ना गरिएको थियो । नोबेलमा शुक्रबार घुँडाको शल्यक्रिया भएको थियो ।

शल्यक्रिया भएको दुई दिनपछि अस्पालले मृत घोषणा गरेपछि आफन्त तथा स्थानीयबासी आन्दोलित बनेका हुन् । चिकित्सवले उपचारको क्रमममा लापारबाही गरेका कारण साहको मृत्यु भएको भन्दै स्थानीयबासीले नाराबाजी गरेपछि आइतबार दिउँसो अस्पताल परिसर तनाबग्रस्त बनेको थियो ।  लापारबाही गर्ने चिकित्सबलाई कारवाहीको माग राख्दै उनीहरूले अस्पतालबाट शव उठाएका छैनन् ।

शुक्रबार हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. सन्दिप अधिकारी सहितकाे टोलीले शल्यक्रिया गरेको थियो । यता नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले उपचारको क्रममा अस्पतालले कुनै  लापारबाही नगरेको दाबी गरे । शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा  ‘हटेट्याक्याक’ भएको उनको भनाइ छ । बिरामीलाई बचाउन तत्काल आइसियूमा राखेपनि मृत्यु भएको  उनले बताए ।

प्रतिक्रिया

Loading...