fbpx

‘डक्टर स्ट्रेन्ज २’को शूटिङ फेरि पनि नेपालमा हुने सम्भावना

विराटनगर,
मार्भल इन्टरटेनमेन्टले सुपरहिरोको सिनेम्याटिक संसार निर्माण गरिरहेको बेलामा ’डक्टर स्ट्रेन्ज २’ बनाउनको लागि मार्भलले तयारी थालेको छ । यसको मार्भल फिल्मको पहिलो ‘डक्टर स्ट्रेज’का केही दृश्य नेपालको काठमाडौंमा समेत छायांकन गरिएको थियो ।

आगामी फिल्म ‘डक्टर स्ट्रेन्ज २’ फेरी पनि काठमाडौंमा छायांकन हुने सम्भावना बढेको देखिन्छ । फिल्मलाई स्कट डेरिक्सनले निर्देशन गर्ने भएका छन् । हालै यस फिल्मका निर्देशक स्कट डेरिक्सनले आफ्नो जन्मदिनमा सेयर गरेको एक फोटोले उक्त सम्भावना बढेको देखिन्छ ।

निर्देशक स्कटले आधिकारिक सामाजिक संजाल इन्स्टाग्राममा पशुपतिनाथ आर्यघाट खिच्दै गरेको एक फोटोमा ‘बिहाइन्ड द क्यामेरा इन काठमाण्डु ’ क्याप्सन राखेर सेयर गरेका छन् । फिल्मको केही दृश्यमा अभिनेत्री शिल्पा मास्केले पनि अभिनय गरेकी थिइन् ।

स्कटले सार्वजनिक गरेको यस फोटोमा अभिनेत्री शिल्पा मास्केले निर्देशक स्कटलाई जन्मदिनको शुभकामना दिदै तपाईंलाई काठमाडौंले कुरिरहेको छ भनेर कमेन्ट गरेकी छिन् । शिल्पाको उक्त कमेन्टको रिप्लाई दिँदै निर्देशक स्कटले शिल्पालाई धन्यवाद दिदै तिमीलाई र तिम्रो देशलाई धेरै धेरै सम्झना छ भनेर लेखेका छन् ।

प्रतिक्रिया

sixteen + eight =

Loading...