fbpx

गाँजाले हाम्रा मस्तिष्कमा पार्छ यस्तो असर

गाँजा नसिलो वनष्पती हो । गाँजा या यसका विभिन्न प्रकारका उत्पादनहरूले अलिकति चक्कर लगाएपनि हामीलाई खासै नराम्रो गर्दैन र वास्तवमा यसले तनाबबाट मुक्ति दिन्छ भन्ने बुझिन्छ । गाँजालाई थोरै मात्रामा प्रयोग गर्दा हाम्रो शरीर तथा दिमागमा त्यति धेरै नकारात्मक असर नपर्ने भए पनि बढी प्रयोगले भने विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ । एउटा गाँजाको विरुवामा झण्डै ४ सय रसायनिक तत्वहरू पाइन्छ जसमध्ये चार तत्वहरूले हाम्रो मस्तिष्कमा विशेष असर पुर्याउने हुन्छ ।

मान्छेको दिमागमा दुई किसिमका रासायनिक तत्त्व हुन्छ । एउटा दिमागलाई उत्तेजित गर्ने र अर्को शिथिल राख्ने । हामीले खाने हरेक खानेकुरा पहिले हाम्रो पेटमा पुग्छ र बिस्तारै केही बेरपछि दिमागको सम्पर्कमा आउने हुन्छ । हामीले खाएको खानाअनुसार दिमागका भएको ति दुई रासायनले हाम्रो शरीरलाई प्रभाव पैदा गर्छन । जब गाँजालाई धुवाँमा तानिन्छ, यसका रसायनिक तत्वहरू रगतमा मिसिएर मस्तिष्क र शरीरका अन्य भागमा छिट्टै पुग्दछन् ।

यस क्रममा गाँजा खाएको व्यक्तिलाई दुई प्रकारको भावना पैदा हुन्छ । कसैलाई खुशी तथा आनन्दको अनुभव हुन सक्छ, भोक लाग्ने, प्यास लाग्ने, तनाव कम हुन्छ, निन्द्रा पनि लाग्न सक्छ, संगीत राम्रो सुनिन सक्दछ र रंगहरू विशेष गाढा देखिन सक्दछन् । साथै कसैलाई भने जसलाई नमज्जा हुने, तनाव बढ्ने, नभएका कुराहरू देखिने या सुनिने, मन आत्तिने र कसैले हानि नोक्सानी गर्लाकी जस्तो लाग्ने भावना पनि पैदा हुन सक्छ ।

गाँजामा पाइने रसायनले मस्तिष्कको बाहिरी वातावरणसँगको प्रभाव कम गराएर आफ्नो प्रभावलाई मस्तिष्कमा हावी गराउछ । यस्तो बेला मान्छे जुन मुडमा छ, त्यही मुडमा निरन्तर भइरहन्छ । हाँस्यो भने हाँसिको हाँस्यै गर्नेेवा रोयो भने रोएको रोयै गर्ने हुन सक्छ । सुरुवाती समयमा आनन्द पैदा गरे पनि केही बेरपछि फरक, फरक असर देखाउन थाल्ने भएको कारणले लागुऔषधको निरन्तर प्रयोग निकै हानिकारक हुन जान्छ ।

नियमित रुपमा गाँजा सेवन गर्दा तनाव, डिप्रेसन, आत्तिने जस्ता मानसिक रोगको सम्भावना बढ्दै जान्छ । गाँजा सेवनले साइकोसिस अर्थात् पागल हुने पनि प्रबल सम्भावना हुन्छ । गाँजाले अल्छि, जाँगर नचल्ने र केही गर्न मन नलाग्ने खालको समस्या विकसित हुँदै जान्छ र यस्ता मानिसलाई कुनै पनि कुराको मतलब हुदैन । गाँजालाई नेपालमा आधाभन्दा बढी जनसंख्याले कुनै समयमा कमसेकम एकपटक प्रयोग गरेको हुनसक्ने अनुमान छ ।

सन् १९७० को दशकसम्म त नेपालमा गाँजा कानुनी रूपले पसलमै पाइन्थ्यो । अमेरिकाको केही राज्यहरूले गाँजाले केही विशेष प्रकारका रोगीहरूबाट छुटकारा दिलाउने हुदा यसलाई खुल्ला गरेकोले यो हानीकारक चीज होइन रहेछ भन्ने धारणा पनि विकसित भइरहेको छ । तर, समग्र र भन्नु पर्दा गाँजाले हाम्रो शरीर तथा मस्तिष्कमा नकारात्मक असर पुर्याउने गर्छ ।

प्रतिक्रिया

Loading...