fbpx

सुमीको जबरजस्त एक्सन रहेको फिल्म ‘सरौतो’ को टिजर सार्वजनिक (भिडियोसहित)

विराटनगर,
निर्देशक हरि हुमागाईको निर्देशनमा बनेको महिला केन्द्रित फिल्म ‘सरौतो’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले उक्त एक्सनयूक्त टिजरलाई युत्युब मार्फत सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको यस फिल्मको टिजरमा फिल्मको मुख्य अभिनेत्री सुमी मोक्तानलाई एक्सन अवसरमा देख्न सकिन्छ ।

साथै मुख्य अभिनेता सन्नी सिंहसँगको लभ र रोमान्सलाई पनि टिजरमा अटाइएको छ । रिभेन्जको स्टोरीमा आधारित भएर निर्माण भएको एक्सन फिल्म ‘सरौतो’मा सुमी र सन्नी सिंहका साथ मनिषा पुन मगर, प्रतिक दुलाल, लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, राजेश रोय, मनोज तामाङ लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म विरन्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स् एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको हो । बदलाको कथा बोकेको फिल्म ‘सरौतो’ हरि हुमागाईंको डेब्यु निर्देशन हो । राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहेको यस एक्सन फिल्म ‘सरौतो’मा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहेको छ ।

सुमीले फिल्ममा आफूले एक्सन र लभर गर्लको भूमिका निर्वाह गरेको र यस फिल्मको कथामा फिट हुन एक्सनमा निकै मेहनत गरेको सुमीले बताएकि छिन् । सार्वजनिक यस टिजरले फिल्मप्रति दर्शकमा कौतुहलता जगाएको छ । साथै यस अघि सार्वजनिक भएको फिल्ममा समावेश गरिएको ’कुले दाई’ बोलको गीतले दर्शकहरुको मन जित्न सफल भएको छ ।

प्रतिक्रिया

Loading...