fbpx

‘लभ यू हमेशा’ को टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति परिवर्तन

विराटनगर,
त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको फिल्म ‘लभ यू हमेशा’ को टिजर सार्वजनिक भएको छ । भाष्कर प्रधानको निर्देशनमा तयार भएको यो फिल्म आउँदो भदौ ६ गतेबाट देशभर प्रदर्शन हुने भनेर मिति घोषणा गरिएको अहिले पोस्टपोन्ड भएर अब भाद्र २७ मा पुगेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेर प्रदर्शन मिति सरेको घोषणा गरिएको थियो ।

सार्वजनिक गरिएको उक्त टिजरमा प्रेम, रोमान्स, धोका र द्वन्द्वलाई ठाउँ दिइएको छ । फिल्ममा मुख्य अभिनेता यशराज गरच, अभिनेत्री ऋचा थापा र फिजा योन्जनका साथ शिशिर राणा, गोपाल ढकाल, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतको कलाकारहरुको पनि अभिनय रहेको छ । धर्मा क्रिएसनको ब्यानरमा रहेर यवन गुरुङको प्रस्तुति रहेको छ भने फिल्मलाई मिलन गुरुङ ले निर्माणमा सहयोग गरेका छन् ।

उक्त कार्यक्रममा अभिनेता यशराजले फिल्मको कथावस्तु निकै राम्रो भएको र फिल्मको स्क्रिप्ट सुनेपछि फिल्म छाड्नुहुन्न भन्ने लागेकाले फिल्ममा अभिनय गरेको र दर्शकहरुले यो फिल्म र उनको भूमिका मन पारिदिनु हुन आग्रह गरेका छन् । डेब्यू फिल्म गरेकी नव(अभिनेत्री ऋचाले दर्शकलाई फिल्मले निराश नबनाउने र आफूलाई दर्शकले अभिनेत्रीको रुपमा स्वीकार गर्नेमा निकै आशावादी रहेकी छिन् ।

निर्देशक भास्करकै कथामा तय्यर भएको यस फिल्ममा एनवि महर्जनको द्वन्द्व निर्देशन, फिल्ममा भासुको संगीत तथा कमल राईको कोरियोग्राफी रहेको छ । मिलन श्रेष्ठको सम्पादन रहेको यस फिल्मलाई शिव ढकालले छायांकन गरेका छन् । फिल्मलाई काठमाडौं, भारतको कालेबुङ, सिलगुडी तथा सिंगापुर र फिलिपिन्समा समेत छायांकन गरिएको छ ।

प्रतिक्रिया

Loading...