fbpx

केकी र कोशिशको प्रेममा उत्तारचढाव देखाउँदै ‘रातो गलबन्दी’ को ट्रेलर सार्वजनिक

विराटनगर,
समाजमा घटिरहेको घटना र प्रेमकथामा आधारित भएर निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’ को ट्रेलर सार्वजनीक गरिएको छ । फिल्मलाई यहि साउन १७ गतेका दिन प्रदर्शनमा ल्याउने तय गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिदै हुदा फिल्मको निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको यस ट्रेलरमा फिल्मको मुख्य अभिनेता कोशिश क्षेत्री र अभिनेत्री केकी अधिकारीको प्रेममा आएको उतारचढावलाई देखाइएको छ । नव निर्देशक अनिश थापाको निर्देशनमा तयार भएको यस फिल्ममा केकी र कोसिसका साथ अभिनेता बुद्धि तामाङ, अर्जुन गुरुङ, हेमन्त बुढाथोकी, सम्राट थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो फिल्म अनिशको डेब्यु निर्देशन रहेको छ ।

हिमाल कडरिया र दुर्गा बस्नेतको संयुत निर्माणमा तयार भएको यस फिल्ममा हिमाल कडरियाकै कथा रहेको छ भने फिल्मको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्मको सहनिर्मातामा बासुदेव घिमीरे,अमृता मगैराम र कृष्ण घिमीरे रहेका छन् भने कार्यकारी निर्मातामा प्रकाश दुलाल रहेका छन् । सुमन तामाङको छायांकनमा तयार भएको यस फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।

यस अघि फिल्म ‘रातो गलबन्दी’ को फर्स्टलुक पोस्टर सँगै फिल्ममा समावेश गरिएको ‘रातो गलबन्दी’ बोल भएको शीर्ष गीत समेत सार्वजनीक गरिएको थियो । दर्शकहरुले निकै राम्रो प्रतिक्रिया देखाएपछि ‘रातो गलबन्दी’मा भरपुर मनोरञ्जनहरु रहेको र यस फिल्मले दर्शकलाई सामाजीक सन्देश समेत दिने भएको ले निर्देशक थापाले दर्शकलाई एकपटक फिल्म हेर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Loading...